हिन्दु राष्ट्र पुनःस्थापनाका लागि घरदैलो अभियान चलाउँदै राप्रपा
काठमाडौं, ६ माघ । पछिल्लो समय आफ्नो राजनीति गतिविधि तीव्र बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र पुनःस्थापनाका लागि घरदैलो अभियान चलाउने भएको छ । हिन्दु राष्ट्र पुनःस्थापनालाई मुल मुद्दा बनाउँदै आएको राप्रपाले जनतालाई हिन्दु धर्मको अवस्थाबारे जागृत तुल्याउने उद्देश्यले माघ ७ र ८ गते देशव्यापी घरदैलो कार्यक्रम आयोजना गर्न लागेको हो सो घरदैलो सम्पन्न गर्न सबै ठाउँमा केन्द्रीय प्रतिनिधिसमेत खटाएको छ । त्यसका लागि पार्टीका प्रमुख नेताहरू पनि जिल्ला पुगिसकेका छन् । अध्यक्ष कमल थापा मकवानपुरका विभिन्न ठाउँमा सहभागी हुनेछन् ।
बुद्धिमान तामाङ धादिङ, टंक ढकाल, उद्धब पौडेल काठमाडौं, राजेन्द्र लिङ्देन झापा र पूर्व क्षेत्रका जिल्लाहरु, धवलशमसेर राणा बाँके, महिला र युवक संगठनका अध्यक्षहरु क्रमशः कुन्ती शाही र प्रकाश रिमाल सर्लाही, महोत्तरी, भुवन पाठक, राजेश गिरी जनकपुर, हेमजंग गुरुङ, तोरणबहादुर गुरुङ र धार्मिक संगठनका अध्यक्ष पुष्पराज पुरुष सहितको टोली लमजुङ, गोरखा र तनहुँ पुगिसकेका छन् ।
खटिएका केन्द्रीय प्रतिनिधिहरु आज साँझसम्म तोकिएका ठाउँमा पुग्ने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।हिन्दु राष्ट्र पुनःस्थापनाका लागि माघ १३, १४ र १५ गते देशका सबै नगरपालिका र गाउँपालिकामा जनजागरण सभा गर्दैछ, जसलाई सफल पार्न राप्रपाले विभिन्न समिति बनाएको छ भने नेताहरुलाई जिम्मेवारी पनि तोकिसकेको छ ।
राप्रपाले हिन्दु राष्ट्र पुनःस्थापना लगायतका मागहरू राखी फागुन ७ गतेदेखि नयाँ कार्यक्रम गर्ने सार्वजनिक गरिसकेको छ । जस अन्तर्गत राप्रपाले केन्द्रमा प्रधानमन्त्रीलाई र जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई फागुन मसान्तसम्मको अल्टिमेटम दिँदै ज्ञापनपत्र समेत बुझाउने छ भने फागुन १५ देखि ३० सम्म मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्दैछ । सो यात्रा ताप्लेजुङदेखि शुरु भई महाकालीको कञ्चनपुर हुँदै फेरि काठमाडौं आइपुग्नेछ ।
January 20, 2019 3:30 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन