रवि लामिछाने र निकिता पाैडेलले गरे विवाह
काठमाण्डाै – सञ्चारकर्मी रवि लामिछानेले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग विवाह गरेका छन् । उनीहरुले सोमबार काठमाण्डौ जिल्ला अदालतमा गएर कानुनी रुपमा विवाह दर्ता गरेका छन् ।
लामिछानेले आफ्नो फेसबुक पेजमा निकितासँगकाे फाेटाे राखेर लेखेका छन्, ‘व्यक्तिगत जीवनले नयाँ मोड लिएको छ । एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाण्डौ जिल्ला अदालतमा विवाह दर्ता गराएका छौं ।’
उनले आफन्त तथा साथीभाइहरुबाट आशिर्वाद चाहेको पनि आफ्नो फेसबुक पेजमा लेखेका छन् ।
अहिले अदालती रुपमा विवाह गरे पनि परम्परागत रुपमा वैशाखमा विवाह गर्ने रवि लामिछानेले बताएका छन् । निकिता र रवि दुवै डिभोर्सी ( पहिले विवाह गरेर सम्बन्ध विच्छेद गरिसकेका ) हुन् ।
रवि लामिछानेले केही समय पहिले आफ्नी पहिलाे श्रीमती इशा लामिछानेसँग सम्बन्ध विच्छेद गरेका थिए ।
January 21, 2019 6:23 pm | लोकप्रिय,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन