विवेकशील साझा सद्भाव समूह – कतारको गठन
कतार – हाल पार्टी पंक्तिमा भएको हेरफेर सङ्गै विवेकशील साझा सद्भाव समूह – कतारले नयाँ कार्यसमिति गठन गरेकोछ। १८ जनबरी २०१९ का दिन बिबेकशिल साझा सद्भाव समूह – कतारको भेला दोहाको बम्बै चपाती रेस्टुरेन्टमा बसि हालको इकाइको विघटन गर्दै सन्तोष के सी को अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति र ४ सदस्यीय सल्लाहकार समिति सर्बसम्मतले चयन गरेको छ।
नव गठित विवेकशील साझा सद्भाव समूह – कतार कार्यसमितिको उपाध्यक्षमा तारा न्यौपाने, महासचिवमा दिपक कुमार बि क , सचिवमा गणेश कार्की र कोषाध्यक्षमा सुजन ढकाल चयन भएको अध्यक्ष केसिले जानकारी दिए।
कार्यसमितिको सदस्यहरुमा दिपेन्द्र श्रेष्ठ, कुलचन्द्र पौडेल, दिपेन्द्र पोखरेल र खगेन्द्र खत्री चयन हुनु भएको छ। सल्लाहकार समितिमा नारायण बिस्ट, बिमल राई, राघबेन्द्र कुमार दास र गोपाल न्यौपाने चयन हुनु भएको छ।
पार्टीको बिधान र नितिनियमभित्र रहि कतारको विभिन्न क्षेत्रहरूमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई विवेकशील साझा सद्भाव समूह – कतारको बारेमा जानकारी दिलाउदै अबाको आशा विवेकसिल साझा भन्ने मुल नाराका साथ इमान्दारिकासाथ निस्ठाको राजनिती गर्न सबै गोलबद्द हुनु पर्ने भन्दै सदस्यता बिस्तार अभियान तदरुकताका साथ अगाडि बढाउने र पार्टीको भाबी योजनाबारे छलफल गरेको जानकारी अध्यक्ष के सि ले दिनुभएकोछ
January 21, 2019 10:54 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन