पिताले फोन खोसिदिएपछि १६ वर्षे छोरीले पुलिस बोलाइन्, जब पुलिस आयो सबै उल्टो भयो
ओहियो। आजको समयमा स्मार्टफोन मानव जीवनको अभिन्न अंग भइसकेको छ । बालबालिकालाई स्मार्टफोनबाट टाढा राख्न निकै कठिन भइसकेको छ । यस्तै विचित्र घटना अमेरिकाको ओहियो प्रान्तमा भएको छ । यहाँका एक पिताले आफ्नी १६ वर्षे छोरीको फोन खोसिदिएपछि छोरीले फोन गरेर पुलिस बोलाइन् । इमरजेन्सी नम्बर ९११ मा फोन गरेर उनले आफ्ना पिताले आफ्नो सम्पत्ति खोसिदिएको उजुरी गरिन् र पितालाई कारवाहीको माग गरिन् ।
ओहियोका एन्टोनी रबर्टसनले दिनभर फोनमा झुण्निे छोरीको स्मार्टफोन खोसिदिएका थिए । यही कुराबाट रिसाएकी छोरीले इमरजेन्सी नम्बरमा फोन गरेर भनिन् कि मेरा पिताले मेरो सम्पत्ति खोसिदिएका छनन् जो ८०० डलर मूल्य पर्ने स्मार्टफोन हो जुन फोन पिताले किनेर मलाई दिएको होइन । उनले पटक पटक फोन गरेर पितामाथि फोन चोरी गरेको आरोप लगाइरहिन् ।
गत शनिबार पुलिस उनको उजुरी आएपछि उनको घरमा पुगेको थियो । पुलिसले जब यसबारे पितासँग कुरा गरे त्यसपछि झनै अलग कहानी आयो । एन्टोनिले भने कि छोरी अहिले नाबालिग र्न छन् र म चाहन्न कि उनी अहिले नै फोन राखुन् किनकि म उनका क्रियाकलाप जाँच गर्न सक्दिन । एन्टोनीले भने कि मैले अनुशासनलाई ध्यानमा राख्दै फोन खोसेको हुँ ।
त्यसपछि पुलिसले पितालाई कारवाही र्गुको सट्टा छोरीलाई नै चेतावनी दिएको छ । पुलिस अफिसरले एन्टोनीको साथ दिँदै भने कि १८ वर्षभन्दा कम उमेरमा फोन राख्न पाउनु तिम्रो सौभाग्य हुन सक्छ तर अधिकार होइन । एन्टोनीले पनि जबसम्म छोरीको व्यवहार बदलिँदैन त्यति बेलासम्म फोन फिर्ता नदिने बताएका छन् ।
January 23, 2019 12:14 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन