संसारकै लामो कपाल भएकी युवती, जसको लम्बाइ ५५ फिट !
कपाल महिलाको प्रमुख सौन्दर्यको गहना मध्येको एक हो । बाटोघाटोमा युवतीले कपाल चिटिक्क पारेर हिंडेको देख्दा जो कसैको पनि मन लोभिन्छ । कपाललाई बिभिन्न डिजाइनमा सजाएर युवतीअरु आकर्षित देखिने गर्छन ।
तर, फ्लोरिडाकी आसा मन्डेलालाई आफ्नो कपाल लामो भएका कारण हैरानी भएको छ। उनको कपालको लम्बाइ ५५ फिट छ भने तौल २० किलो छ । बाटोघाटोमा हिड्डुल गर्दा उनको कपाल सम्हालिदिने साथी नभई हुँदैन । किनकि, बाटोमा हिँड्दा एकजनाले उनको २० किलोको कपाल बोकेर हिड्नुपर्छ ।
उनको कपाल एकपटमा नुहाउनका लागि ६ बोतल स्याम्पु लाग्छ भने कपाल सुक्न तीन दिन लाग्छ । जाडो मौसममा उनी चिसो कपालसँगै सुत्ने गर्छिन् । कपाल निकै लामो भएपछि उनले बिगत २५ वर्षदेखि कोर्न छोडेकी छिन् ।
लामो कपाल भएका कारण केटाहरुले आफुसँग विहे गर्न नमानेको उनले बताएकी छन् । अचानक उनको एउटा हेयर ड्रेसर युवकसँग माया बस्यो र पछि उनीसँगै विहे भयो । विहे पश्चात उनको कपाल समालिदिने उनका श्रीमान् भएका छन् ।
लामो कपालका कारण उनको टाउको र काँधमा असर पर्न सक्ने भन्दै चिकित्सकले उनलाई कपाल काट्न सल्लाह दिंदै आएका छन् । तर उनले कपालको मोडलिङबाट लाखौँ डलर कमाउने भएकीले कपाल काट्न अस्विकार गर्दै आएकी छन् । संसारको सबैभन्दा लामो कपाल उनकै नाममा गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता छ।
January 23, 2019 3:18 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन