अमेरिकी डाक्टरलाई ठूलो सफलता एड्सको औषधि पत्ता लाग्यो, गाइभित्रै यस्तो शक्ति !
हिन्दु धर्मशास्त्र अनुसार गाईलाई लक्ष्मी मानेर पूजा गरिन्छ । तिथी, श्राद्ध र चाडपर्वमा गाइको गहुँत र गोबरलाई पवित्र मानिन्छ । यो भन्दा पनि संसारकै खतरनाक रोग एचआइभीसमेत निको हुनसक्ने औषधीको खानी गाई नै भएको पुष्टि भएको छ ।
अमेरिकी अनुसन्धानकर्ताको अध्ययन अनुसार एचआइभी भ्याक्सिन बनाउनका लागि गाई धेरै उपयोगी हुन सक्ने देखिएको छ । प्रतिरक्षाका हिसाबले गाइले यस्तो विशेष एन्टीबडीज (रक्त प्रोटिन) उत्पादन गर्दछ जसले एचआइभीलाई नष्ट गर्न सक्छ ।
मिश्रित र ब्याक्टेरियायुक्त पाचन प्रणालीका कारण गाईमा प्रतिरक्षाको क्षमता बढी विकास हुने गर्दछ । अमेरिकाको नेशनल इन्स्टिच्युट्स अफ हेल्थले यो जानकारी अत्यन्तै उपयोगी भएको बताएको छ । एचआइभी प्राणघात भाइरसका कारण लाग्छ जसले बिरामीको प्रतिरक्षा प्रणालीलाई ध्वस्त बनाउँछ ।
एक भ्याक्सिनको माध्यामबाट बिरामीको रोग प्रतिरोधात्मक प्रणालीको विकास गराउन सकिन्छ र मानिसमा पहिलो चरणको एचआइभी संक्रमण निको पार्न सकिने अनुसन्धानकर्ताको दाबी छ । अन्तर्राष्ट्रिय एड्स भ्याक्सिन इनिशियटिभ र द स्क्रिप्स रिसर्च इन्स्टिच्युटले गाइको प्रतिरक्षा क्षमताको जाँच सुरु गरेको छ ।
एक अनुसन्धानकर्ता डाक्टर डेविन सोकले भने, ‘यसको परिणामले हामीलाई अचम्ममा पारेको छ । यस्तो अत्यावश्यक प्रतिरक्षा प्रणाली गाइमा केही हप्तामै विकसित हुन्छ, डाक्टर सोकले भने, मानिसमा भने यस्तो प्रतिरक्षा प्रणाली विकास हुन करिब तीन देखि पाँच वर्ष लाग्छ ।’
नेचर नामक जर्नलमा प्रकाशित नतिजा अनुसार गाइको एन्टीबडिजबाट ४२ दिनमा एचआइभीको असर २० प्रतिशत कम गर्न सकिनेछ । परीक्षणका अनुसार ३ सय ८१ दिनमा यो एन्टिबडिजले ९६ प्रतिशतसम्म एचआइभीको असर कम गर्न सक्ने बताइएको छ ।
February 2, 2019 11:15 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन