नेविसंघको कब्जामा मन्त्रिपरिषद् कार्यालयको गाडी
काठमाडौं : नेपाल विद्यार्थी संघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको गाडी नियन्त्रणमा लिएको छ।
शनिबार बिहानैबाट सडकमा गुडेका सरकारी गाडीको निगरानी गरेका नेविसंघ कार्यकर्ताले बालुवाटारबाट मन्त्रिपरिषद् कार्यालयको गाडी नियन्त्रणमा लिएका हुन्।
केन्द्रीय समितिको निर्णय अनुसार नेविसंघ कार्यकर्ताले शनिबार बिहानैबाट सरकारी गाडीमाथि निगरानी बढाएको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए।
आन्दोलनको कार्यक्रम अनुसार नै सकारी गाडी नियन्त्रणमा लिएको उनको भनाइ छ। सार्वजनिक बिदाको दिन सरकारी गाडीको दुरुपयोग भएको भन्दै नेविसंघले निगरानी सुरु गरेको थियो।
कतिपय ठाउँमा भने नेविसंघ कार्यकर्ताले सरकारी गाडीमा आगजनी गरेका छन्। सरकारी गाडी नियन्त्रण अभियानमा नेविसंघका नेताहरु निरन्जन थापा, पूर्वकेन्द्रीय सदस्य गणेश सापकोटा, सुसान्त आचार्य संतोष गुरुङ, सुवास घिमिरे, मंगल गुरुङ, विजय ढुङ्गाना, सुदिप अधिकारी, जानुका पन्तलगायत नेताहरु सहभागी छन्। अन्नपूर्ण पोष्ट
February 2, 2019 5:07 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन