एनआरएनए कुवेतद्धारा राजदुत महामहिम यज्ञबहादुर हमालको बिदाई कार्यक्रम सम्पन्न ।
कुवेत – गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतद्धारा नेपाली राजदूताबास कुवेतका लागि राजदूत महामहिम यज्ञबहादुर हमाल र उहाँकी धर्मपत्नि रिता हमाललाई दोसल्ला ओढाई मायाको चिनो र कदर पत्र प्रदान गर्दै मिति १ फेब्रुवरी २०१९ शुक्रबारको दिन फर्वानिया स्थीत द्वाईही प्यालेस रेष्टुरेन्टमा बिदाई कार्यक्रम सम्पन्न गरेको छ । परिषदले चार वर्षे कार्यकालमा राजदुत हमालले खेल्नु भएको भुमिकाको सम्मान गर्दै उहाको उज्वल भबिष्यको कामना गरेको थियो ।

परिषदका अध्यक्ष श्रीमती सुमित्रादेबी पौडेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा युवा संयोजक गणेश रावतद्वारा स्वागत मन्तव्य दिनुभएको थियो भने महासचिव हरि लावतीले कार्यक्रम सहजीकरण गर्नु भएको थियो । विदाई कार्यक्रममा परिषदका सल्लाहकार सूजन केसी, सुरज मास्के, अन्तराष्ट्रिय कलाकार मञ्च कुवेतका अध्यक्ष सोम रसाइली, जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ र आरडि क्रियशनको तर्फबाट दिल कुमार पाख्रिनले शुभकामना मन्तब्य दिनुभएको थियो । शुभकामना मन्तब्यको क्रममा वक्ताहरुले राजदूत हमालको चार बर्षे कार्यकाल सफल तथा उदाहरणीय भएको भन्दै सबै वक्ताहरुबाट राजदुत हमालको प्रशंसा गरिएको थियो ।

महामहिम राजदुतबाट कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत र नेपाली राजदूतावस कुवेतको सहकार्यको चर्चा गर्दै एनसिसि कुवेतले गरेका मानविय कार्यहरुको प्रशंसा गर्नुभएको थियो । महामहिम कुवेतबाट बिदा भएपनि नेपालमा उहा कार्यरत रहने सरकारी निकायमा आफ्नो ढोका सदैब खुला रहने र परिषद लगायत कुवेतवासी नेपालीहरुले दिनुभएको माया, ममता, साथ सहयोग सदैब सजाएर राख्ने बताउनु भएको थियो ।
कार्यक्रमको समापन गर्दै परिषदका अध्यक्ष सुमित्रादेबी पौडेलले परिषदको निमन्त्रणालाई सहर्ष स्विकार गरी उपस्थित हुनुभएका अतीथीहरुमा धन्यबाद दिनुहुदै आफ्नो कार्यकाल पुरा गरि नेपाल फर्किन लाग्नु भएका महामहि राजदुतको उन्नती, प्रगती र उज्वल भबिष्यको कामना गर्नुभएकी थिइन ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन