सत्य निरुपण र बेपत्ता छानबिन आयोगको म्याद थपिने
काठमाण्डौ । सरकारले सत्य निरुपण तथा बेपत्ता छानबिन आयोग ऐन संशोधन गर्ने तयारी गरेको छ । दुवै आयोगको म्याद आउँदो शनिबार सकिने भएकाले सरकारले दुवै आयोगको ऐन संशोधन गरेर फेरि एक वर्ष थप्न लागेको हो । आइतबारको राष्ट्रियसभा बैठकमा आयोगका म्याद थप गर्नेसम्बन्धी संशोधन विधेयकमाथि छलफल गर्ने कार्यसूची छ । समय कम भएकाले फाष्ट ट्रयाकबाट पारित गर्ने तयारी रहेकाले राष्ट्रियसभाले पारित गरेपछि विधेयक प्रतिनिधिसभामा पठाउने तयारी रहेको राष्ट्रियसभा सचिवालयले जनाएको छ ।
सरकारले ‘सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न बनेको आयोग ऐन २०७१’ लाई संशोधन गर्न बनेको विधेयक गएको मंगलबार नै संसद सचिवालयमा पठाइसकेको छ । सरकारले दुवै आयोगका अध्यक्ष र सदस्यलाई चाहेमा निरन्तरता दिन सक्ने वा नयाँ नियुक्ति गर्न सक्ने प्रावधान विधेयकमा छ । राष्ट्रियसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । यस्तै, प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
यस्तै आइतबारको बैठकमा जेष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, “निवृत्तभरण कोष विधेयक, “भुक्तानी तथा फस्र्यौट विधेयक, “नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, विज्ञापन (नियमन गर्ने) विधेयक र संकटापन्न वन्यजन्तु तथा बनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयकमाथि सम्बन्धित मन्त्रीले विचार गरियोस् भन्ने प्रस्ताव गर्ने कार्यसूची छ ।
February 3, 2019 11:38 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन