जस्तोसुकै भयानक जोर्नी दुखाईलाई पुर्णरुपमा निको पार्ने यो अचुक घरेलु औषधी !
जोर्नी दुखाई एक साझा र पीडादायी समस्या हो । जोर्नी दुखाई हातगोडाको जोर्नी मात्र नभई शरीरको जहाँ-जहाँ दुई हड्डी जोडिएको हुन्छ, त्यहाँ चस्स दुख्ने, मन्द दुख्ने, सुन्निएर रातै हुने, यताउता चल्न निकै अप्ठ्यारो हुने, सहन नसक्ने गरी दुख्ने तथा कटक्क खाए जसरी दुख्ने लगायतका समस्या हो । आजकल वृद्धवृद्धालाई मात्र नभई जवान उमेरको मानिसहरुमा पनि यो समस्या बाक्लै देखिन्छ ।
अचेलका जवानहरुमा पनि बढी देखिने यो समस्या हुनुको अनेक कारणहरुमध्ये जेनेटिक्स, असन्तुलन खानपान र अस्तव्यस्त जीवन शैलीलाई पहिलो कारणका रपमा लिन सकिन्छ । एकपटक यो समस्याले सत्ताउन थालेपछि छुटकारा पाउन निकै मुस्किल हुन्छ । हामी यो बिमारीबाट मुक्त पाउन विभिन्न किसिमका औषधी सेवन गर्ने गर्छौं ।
यस्तो दुखाई कम गर्ने औषधीले एकछिनको लागि त ठिक हुन्छ तर लामो समयसम्म र पूर्ण रुपमा भन्ने काम गर्दैन यो समस्यालाई निको पार्न बाह्य औषधी उपचारका साथसाथै आन्तरिक उपचार गर्नु पनि जरुरी हुन्छ । जसले यस बिमारी बाट सधैँका लागि छुटकारा पाउन सकिन्छ ।
आज हामी जोर्नी दुखाईबाट सधैँका लागि पुर्णरुपमा छुटकारा पाउन मद्धत गर्ने १०० प्रतिशत प्रभावकारी र अचुक घरेलु औषधीको बारेमा चर्चा गर्न गइरहेका छौँ । यसका लागि हामीलाई चाहिने सामग्रीहरु: कागतीको बोक्रा र ओलिव (जैतुन) ओइल ।
बनाउने विधि: सुरुमा दुई ओटा ठुलो कागती लिने । यदि कागती सानो छ भने ३-४ ओटा लिन सकिन्छ । अब यी कागतीको बोक्रा निकाल्ने । बोक्रा निकाल्दा सानो टुक्रा पार्नु भन्दा अलि ठुलो र लाम्चो आकारमा निकालेको राम्रो हुन्छ । सबै कागतीको बोक्रा निकालिसकेपछी… सम्पूर्ण बोक्रालाई एउटा सफा सिसाको जारमा राख्ने र यसको माथिबाट ओलिव ओइल राख्ने (मिसाउने)।
याद राख्नुहोस् कि ओइल राख्दा खेरी यसले कागतीको बोक्रालाई पुर्ने (डुबाउने) गरी राख्नु पर्छ । त्यसपछि राम्रो सँग जारको ढकन लगाएर यसलाई २ हप्तासम्म राख्नुहोस् । (यदि तपाइँ सँग घरमा सिसाको सानो जार छैन भने ढकन भएको अन्य सिसाको बट्टा,कप अथवा भाँडामा राख्न सकिनेछ) ।
यसरी २ हप्तासम्म राखेपछि यो औषधी प्रयोग गर्न सकिन्छ ।
प्रयोग गर्ने विधि : यो औषधीमा गज या कपासको डल्ला चोपेर अर्थात् डुबाएर दुखेको भागको माथिबाट राखेर ब्यान्डेजले राम्ररी छोप्ने गरी बाँध्ने । यो औषधी प्रयोग गरेपछि राम्रो आराम गर्नु जरुरी छ, त्यसैले रातीमा बेडमा जानु भन्दा अगाडी प्रयोग गर्दा एकदम प्रभावकारी नतिजा पाउनेछ ।
कागतीको बोक्रामा केहि शक्तिशाली एन्टीसेप्टिक र एन्टी-इन्फ्लामेटरी प्रोपर्टीज् हुन्छ । हामीले कागतीको सेवन गर्दै आएपनि स्वास्थ्य सम्बन्धी यसको बोक्राबाट पाइने अद्भुत गुणहरुको बारेमा हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ । यसले जोर्नी दुख्ने समस्या बाट पूर्णरुपमा छुटकारा पाउनुका साथै नसा सुनिन्ने समस्यालाई निको पार्छ । साथै रक्तनालीको लागि पनि फाइदा पुरयाउँछ ।
February 3, 2019 12:41 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन