ब्ल्याकमेलको उजुरी गरेकी युवतीलाई प्रहरीले उल्टै ब्ल्याकमेल गरेर बलात्कार गरे
काठमाडौं। कुनै अपराधीले आफूलाई सताइरहेको छ भे हामी प्रहरीकहाँ जान्छौं ताकि प्रहरीले ती अपराधीलाई सजाय दिलाएर हामीलाई बचाउन् । तर, प्रहरीले नै त्यही अपराधीको बाटो समाते भने के होला ? यस्तै आश्चर्यजनक घटना चण्डीगढमा भएको छ । यहाँका पूर्व सब इन्स्पेक्टर नवीन फोगाटले आफूकहाँ उजुरी गर्न आएकी युवतीलाई उल्टै ब्ल्याकमेल गरेर बलात्कार गरेको खुलेको छ । उनीविरुद्ध चण्डीगढ जिल्ला अदालतमा सुनुवाइ सुरु भएको छ ।
भारतीय समाचारपत्र दैनिक भास्करका अनुसार उनलाई गएको अक्टोबर २३ मा उनलाई जागिरबाट बर्खास्त गरिएको थियो । पीडित युवतीले एसएसपी निलाम्बरी जगदालेलाई दिएको उजुरीमा भनेकी छिन् कि उनको एक युवकसँग मित्रता थियो । ती युवती मुम्बइकी मोडल हुन् । मित्रताकै क्रममा ती युवकले ती मोडलका केही आपत्तिजनक तस्वीर प्राप्त गरे । यिनै तस्वीरको आडमा ती युवकले मोडललाई लगातार शारीरिक सम्बन्धका लागि दबाब दिन थाले । साथमा तस्वीरको आडमा उनलाई ब्ल्याकमेल गरेर पैसा पनि असुल्न थाले ।
१६ अक्टोबर २०१७ मा मोडलले ती युवकविरुद्ध युटी पुलिस स्टेशनमा उजुरी दिइन् । उजुरीका आधारमा सब इन्स्पेक्टर नवीन फोगाटले मुद्दा दर्ता गरे । नवीन फोगाटले ती आरोपी युवकलाई पक्राउ गरे । नवीनले ती युवकको ल्यापटप र फोटबाट मोडलको तस्वीर बरामद गरे । त्यसपछि उनले तिनै तस्वीरको आधारमा आफूले पनि मोडललाई ब्ल्याकमेल गर्न थाले । त्यसपछि उननले युवतीलाई चण्डीगढ बोलाएर बलात्कार समेत गरेका थिए ।
February 3, 2019 4:16 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन