के तपाइले बच्चाको ओठमा चुम्बन गर्दैहुनुहुन्छ ? साबधान हुन सक्छ खतरा !
बालबालिकाप्रति माया देखाउनको लागि हामीले चुम्बन गर्ने गर्छौं । पहिले सामान्यतयास् बच्चाको गालामा चुम्बन गर्ने गरिन्थ्यो भने, अहिले बालबालिकाको ओठमा चुम्बन गर्ने चलन बढ्दो छ ।
तर तपाईंले यदि आफ्नो बच्चाको ओठमा चुम्बन गर्नुहुन्छ वा अरुलाई चुम्बन गर्न स्वीकृति दिनुहुन्छ भने तपाईंले बच्चाको स्वास्थ्यमा खेलबाड गर्दै हुनुहुन्छ ।
सन् २००१ मा एक जना ब्रिटिश महिलाले आफ्नो शिशुको तस्बिर सामाजिक संजालमा राखेकी थिइन्। उक्त तस्बिरमा उनको बच्चाको मुख र अनुहारमा भयावह संक्रमण देखिन्थ्यो। उनका अनुसार एक जना महिलाले बच्चाको ओठमा चुम्बन गरेकी थिइन्।
उक्त चुम्बनको माध्यमले ती महिलामा भएको हर्प्स सिम्प्लेक्स भाइरस बच्चामा सरेको थियो, जसले गर्दा बच्चा त्यो स्थितिमा पुगेको थियो। उक्त भाइरस आफूमा भएको बारे महिला आफै अनभिज्ञ थिइन् ।
त्यस्तै २०१३ मा आफ्नै बाबुको चुम्बनले गर्दा बच्चामा संक्रमण भएको थियो। ती बच्चाको विभिन्न अंगहरुमा संक्रमण भएको थियो। उनका बाबुमा हर्प्स सिम्प्लेक्स भाइरस भएको पत्ता लागेको थियो ।
February 5, 2019 10:40 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन