महात्मा गान्धीको पुत्ला बनाएर गोली हान्ने महिला पक्राउ
महात्मा गान्धीको पुत्ला बनाएर गोली हान्ने अखिल भारत हिन्दू महासभाकी राष्ट्रिय सचिव पूजा शकुन पाण्डेय र उनका श्रीमान अशोक पाण्डेयलाई भारतीय प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुलाई प्रहरीले उत्तर प्रदेशको नोएडाबाट मंगलबार गिरफ्तार गरेको हो ।
जनवरी ३० तारिखका दिन गान्धी स्मृति दिवसका अवसरमा पूजाले एयर गनले महात्मा गान्धीको पुत्लामाथि गोली प्रहार गरेकी थिइन् । उनीसँगै उनका श्रीमान र समर्थकहरुले गान्धीका हत्यारा नाथुराम गोड्से अमर रहून भन्दै जयजकार गर्दै नाराबाजी गरेका थिए ।घटनामा संलग्न भएको आरोपमा १२ जनाविरुद्ध उत्तर प्रदेशको अलिगढमा मुद्दा दर्ता भएको छ ।
हिन्दू दक्षिणपन्थी समूहले महात्मा गान्धीको स्मृति दिवसमा नाथुराम गोड्सेको सम्मानस्वरुप सौर्य दिवसका रुपमा मनाउँदै आएको छ । हिन्दू महासभा सन् १९१५ मा मदन मोहन मालवीयले स्थापना गरेको संस्था हो ।
हिन्दू महासभाले गान्धीका हत्यारा नाथुराम गोड्सेको जयजकार गरेको यो पहिलो पटक भने होइन । महासभाका एक नेता स्वामि प्रणवानन्दले सन् २०१५ मा कर्नाटकको ६ वटा जिल्लामा नाथुराम गोड्सेको प्रतिमा बनाउने घोषणा गरेका थिए । उनले गान्धीको हत्या ‘राष्ट्रवादी’ भएको र हिन्दू राष्ट्रवादी विनायक दामोदर सवर्करको आर्शीवादसमेत भएको बताएका थिए ।
February 6, 2019 10:51 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन