Monday 13th May 2024

चर्चा , च्यारेटी र चन्दा

5 years अगाडी

राज मल्ल-

सन २०१९ को सुरुवात सँगै कुवेतमा विगतका बर्षहरु जस्तै सांगीतिक कार्यक्रमहरुको (धमाका) लहर शुरु भएको छ। पछिल्ला बर्षहरुको तंथ्याङकलाई आधार मानेर हेर्दा प्रत्यक महिना जसो नेपालबाट अतिथीहरु आउने क्रम जारी रह्यो र जारी छ । आयोजित धमाका कति सफल र असफल भए त्यो सबैमाझ छलंग छ । सांगीतिक Stage Show हरुका लागि कुवेतलाई एउटा उर्वरा स्थल मान्न सकिन्छ । महानायक राजेश हमाल देखि यूवा स्वर सम्राट राम कृष्ण ढकालसँगै चिर परिचित गायक गायिकाहरुले कुवेतमा आफ्नो सांगीतिक प्रस्तुति दिई सकेका छन ।

सानो देश कुवेत , शुक्रवारे छुट्टि , करिव १ लाख नेपाली जनसंख्या ,७५-८० को हाराहारीमा संघ संस्था गर्दा निकै चलायमान छ यहाँको समाज । सामाजीक गितिबिधी देखि भै परि आउने कार्यमा हातेमालो गर्दै आएको समाजले कला र गला भएकाहरुलाइ सधै उच्च सम्मान दिदै आएको छ। नेपालबाट आउने प्राय: सबै अतिथी कलाकारहरुले कुवेतमा रहदा पाएको दर्शकको अपार माया अविश्मरणीय रहने गरेको बताउछन । कुवेत आउदा-जाँदा बिमानस्थलमा गरिने स्वागत र बिदाई अन्य देशहरु भन्दा फरक र बृहत हुने गर्दछ कुवेतमा । आन्तरिक रुपमा जसरि अगाडि बढ़े पनि कलाकार आउदा एक ढिक्का भई कार्यक्रम सफल पार्ने यहाँको गजबको चलन छ ।

बर्षको सुरुवातमा आएका चर्चित दोहोरि गायक खुमन अधिकारीले एकदमै दर्शकको माया र साथ पाएर फर्किएका छन भने कुवेतमा अब चर्चित कलाकारहरु , मेलिना राई , रमेश राज भट्टाराई आउने कार्यतालिका छ भने लगतै पुष्पण प्रधान र अमित बराल साथ शान्ता परियार आउने कार्यक्रम छ । सो पछि पनि अन्य योजनाहरु सार्वजनिक भै रहेका छन र हुने छन ।

चितवन सेवा समाजले कुवेतले आफ्नो बार्षिक क्यालेण्डर अनुसार यस पटक अतिथि कलाकर चर्चित गायक गायिका मेलिना राईका साथमा रमेश राज भट्टराई सगै चितवन धमाका तेस्रो पकट आयोजना गर्ने भएको छ। सन २०१७ देखि बार्षिक रुपमा धमाका गर्दै आएको चितवन सेवा समाजले विगतका कार्यक्रमहरु भब्य र सब्य रुपमा सम्पन्न गरि तेस्रो धमाकाको तयारी गरिरहेको छ । सामाजिक कार्यहरुमा सदैव अग्रसर उक्त समाजका अध्यक्ष नविन लोप्चन भन्छन “ मेघा स्टार ल्याएर कार्यक्रम आयोजना गर्नु फलामको चिउरा चपाउनु सरह छ “ तर विगतमा दर्शक दिर्घले दिएको साथ सहयोगले गर्दा फेरि हाम्रो समाजले अझ बृहत रुपमा मेघा स्टार सहित कार्यक्रम गर्दैछौ ।२२ फेर्बवरी २०१९ शुक्रवारका दिन जिलिव स्थित नाइटिगेम इंग्लिश स्कुलको सभाहलमा आयोजना हुने उक्त धमाकाको ब्याकप तयारीमा जुटेको छ चितवन सेवा समाज ।

समाजिक कार्यको लागि अग्र स्थानमा रहेको लुम्बिनी समाज नेपाल कुवेतले पनि यस पटक केही नया सन्देश सहित “लुम्बिनी मेघा म्यूज़िक सो २०१९ (LUMBINI MEGHA MUSIC SHOW 2019)- Buddha was born in Nepal) नामांकन गरि चर्चित पन्छि गायक पुष्पन प्रधानसगै नेपाल आइडल टप ५ अमित बराल साथै लोकदोहोरी गायिका शान्ता परियारका साथमा सांगीतिक कार्यक्रम गर्दैछ। लुम्बिनी पहिचानको लागि सामाजीक कार्यहरु निरन्तर गरिएता पनि भगवान गौतम बुद्धको जन्म बारे छरिएका भ्रम चिर्न “Buddha was born in Nepal” ट्याग लाइन सहित विश्व शान्तिको कामाना गर्दै चर्चित गायक मात्र नभइ एक आदर्श पात्रका रुपमा परिचित पुष्पण प्रधान सहित अमित बराल र शान्ता परियारलाई कुवेत ल्याउने तयारी गरिरहेको बताउदै समाजका अध्यक्ष तथा समाजसेवी रुपेन हमालले कुवेतवासी सम्पूर्ण नेपालीहरुको साथ सहयोगको अपेक्षा गरेका छन ।

माथि उल्लेखि दुइ मेघा सोहरुलाई आयोजकले कसरि दर्शक माझ पस्कने छन त्यो आउने दिनहरुले बताउला । तर मेघा स्टारको सो मा चुनिंदा स्थानिय कलाकर बाहेक जो कोहिलाई स्टेज थमाएर अतिथी कलाकारहरुको समय कटौतीचैं नहोस । नेपाली समयको परम्परा तोड्दै स्थानीय अतिथीको गुणगान र सम्मान अनि भाषणलाई सकभर सागंगीतिक कार्यक्रममा नराखियोस् । पैशा ख़र्चेर आउने दर्शकले भरपुर मनोरञ्जन पाउन यस्मा आयोजकको ध्यान जावस ।

अतिथी कलाकार हुन वा स्थानीय , ब्यपारीक प्रयोजन विना नितान्त मनोरञ्जनका साथै च्यारिटीका लागी , सामाजीक मूल्य , मान्यता र बिधी-बिधानको निती-नियम भित्र रहेर कार्य समापन गर्ने प्रत्येक संघ संस्थाले यसरि सार्बजनिक रुपमा गर्ने भब्य कार्यक्रमहरुको आर्थिक पाटोलाई सार्वजनिक नगर्ने प्रचलन बढेको छ । विगतमा यस्ता धेरै कार्यक्रमहरु भए जस्मा बिभिन्न पिडितहरुको पिडालाई नारा बनाइयो , टोकरी घुमाइयो तर कार्यक्रम पछि ति नारा नारा मै सिमित रहे । कार्यक्रम घाटा-नाफा त्यो आयोजकको आन्तरिक बिषय हो ।तर सार्बजनिक रुपमा च्यारिटीको लागि बेचिएको नारा कदापि निजी हुदैन र जथाभाबी प्रयोग गरिनु हुदैन यदि गरिएमा पुरा हुनु पर्छं। कार्यक्रम पछि बुने समिक्षा कार्यक्रम , बनभोज र घुमघामे रमझमलाई मात्र प्राथमिक्ता दिदा समाजले आौला नउठाउला भन्न सकिन्न ।तसर्थ यस्मा सबैको ध्यानाकर्षण होस । आगामी कार्यक्रमहरु सभ्य र भब्यरुपमा सफल बनुन । अग्रिम शुभकामना !

          February 6, 2019 8:47 pm | विचार/ब्लग


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...