यहाँ मानिसहरु रुन आउँछन्, हाँसेर जान्छन्, यस्तो छ रहस्य
एजेन्सी । भनिन्छ जीवनमा खुशीका लागि रुन पनि आवश्यक छ, किनकी हाँसोका साथै रुनु पनि भावना व्यक्त गर्ने एक तरिका हो । जिन्दगीको भागदौडमा मानिसहरुलाई कैयौं पटक रुने फुर्सदसमेत हुँदैन । जसका कारण डिप्रेशनको समस्या लगातार बढिरहेको छ ।
यस्तै व्यक्ति जब निकै तनावमा हुन्छ, उसलाई आफ्नो बह पोख्ने एक भाँडो साथी चाहिन्छ । त्यस्तो साथी चाहिन्छ जसले उसको भावना बुझोस । तपाईँले यस्ता धेरै स्थानबारे सुन्नुभएको हो देख्नुभएको होला, जहाँ मानिसहरुलाई हँसाउने निकै प्रयाश गरिन्छ । यसका लागि कैयौं क्लव पनि छन् । वा लाफ्ट थेरापीबारे पनि सुन्नु भएको होला ।
तर, यहाँ आज यस्तो स्थानबारे चर्चा गर्दै छौं, जसको बारेमा सुनेर तपाईलाई विश्वास नहुन सक्छ । संसारमा यस्ता पनि स्थान छन्, जहाँ मानिसहरु रुनका लागि मात्र जान्छन् । र हाँस्दै फर्किन्छन् ।
मानिस जब तनावमा हुन्छ, उसलाई रुन मन लाग्छ । भनिन्छ, रुँदा तनाव कम हुन्छ । त के खासमा किन हुन्छ श्र के रुनु पनि लाभदायक हुन्छ? मानिसहरुलाई यस समस्याबाट बचाउन भारतको गुजरात राज्यको सूरतमा क्राइंग क्लव शुरु भएको छ । जहाँ मानिसहरु निकै चिच्याएर रुन्छन् र आफ्नो मनको बह पोखेर सफा हुन्छन् ।
रुँदा स्ट्रेस निकै कम हुने बताइन्छ । यतिमात्र होइन, यस क्लवमा हरेक आइतबार क्राइंग थेरापीको क्लास हुन्छ । यहाँ आएर मानिसहरु आफ्नो तनाव र एक्लोपनलाई हटाउँछन् ।
मीडिया रिपोट्र्सका अुसार मानिसहरुलाई रुवाउन उनीहरुको जीवनको दुःखको क्षण सम्झाइन्छ । साथै उनीहरुलाई त्यो कुरा याद गर्न लगाइन्छ, जसले उनीहरु सबैभन्दा धेरै भावुक बन्छन् ।
यो क्लवलाई भारतको पहिलो क्राइंग क्लव भनिएको छ । यस क्लवको स्थाना लाफ्टर थेरापिस्ट र साइकोलोजिस्ट कमलेश मसालावालाले गरेका हुन् । कमलेशले फरक फरक तरिकाले मानिसहरुलाई रुवाउने प्रयाश गरे ।
साइलेन्ट क्राइंगको पनि एक सत्र राखिएको थियो । यसमा मानिसहरले आँखा बन्द गरेर रुन भनिएको थियो । यसका साथै क्राइंग क्लासमा प्रत्येक मानिसलाई आफ्नो जीवनको दुःखद् घटना शेयर गर्न पनि भनियो ।
February 8, 2019 11:32 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन