बिहानमा कहिल्यै नगर्नुहोस् यी गल्ती ! दिन नै खराब हुनेछ
काठमाडौं । हामीले बिहानको समयमा गरिने क्रियाकलाप, जसको असर दिनभर पर्छ। यदी तपाईले बिहान यस्ता काम गर्नुभयो भने तपाई दिनभर अस्वस्थ्य र दिमाग भारी भएको महसुश हुन सक्छ।
बिहानको समयमा गर्न नहुने काम :
१. ढिलोसम्म सुत्ने – धेरै समयसम्म सुतिरहनाले मोटोपना, डिप्रेसन र मधुमेह जस्ता रोग लाग्ने खतरा बढ्छ।
२. एक्कासी ओछ्याउनबाट उठ्ने – यस्तो गर्दा हाम्रो रक्तचाप कम हुन जान्छ अनि चक्कर लाग्ने समस्या हुन्छ । यसले हृदयघात समेत हुन सक्ने सम्भावना बढ्छ । त्यसैले बिहान बिस्तारै उठेर जीउ तन्काउनुपर्छ । त्यसपछि पूरै शरीरमा सामान्य तरिकाले रगत पुग्ने गरी हल्का व्यायाम गर्नुपर्छ ।
३. उठेर पानी नपिउने – बिहान उठ्ने बित्तिकै धेरै मानिसले पानी पिउँदैनन् । पानी नपिउनाले कब्जियत हुने र शरीरमा पानीको मात्रा कम हुने गर्छ । त्यसैले बिहान उठेर २ देखि ४ गिलास पानी पिउने गर्नुपर्छ । यसले पेट सफा गर्न मद्दत गर्छ।
४. व्यायाम नगर्ने – व्यायाम नगर्ने मानिसमा विभिन्न समस्या र रोग देखा पर्छन् । मोटोपना ,थकान, ऊर्जाको कमी, रक्तचापको समस्या, मधुमेह जस्ता रोगबाट बच्नका लागि बिहान उठेर सधैं व्यायाम गर्नुपर्छ । त्यसकारण घरमै एक आधा घन्टाका लागि व्यायाम गर्ने वा मर्निङ वाकमा जाने बानी बसाल्नु पर्छ ।
५. उठ्ने वित्तिकै मोबाइल चलाउने
उठ्न वित्तिकै मोबाइल हेर्ने धेरैको बानी हुन सक्छ । तर यसो नगर्नुहोस् । मोबाइलले कन्सन्ट्रेसन पावर कम गर्ने भएकाले बिहान उठ्न बित्तिकै सकेसम्म मोबाइलबाट टाढा रहनुहोस्।
६, ओछ्यानमै चिया पिउने
यसले शरीरमा एसिडको मात्रा बढाउने र दाँतलाई कमजोर बनाउने हुनाले ओछ्यानमै चिया पिउने बानी हटाउनुपर्छ । यसले कब्जियत पनि गराउन सक्छ । त्यसकारण फ्रेस भएपछि , दाँत माझेर खाजाका साथमा मात्र चिया पिउने गर्नुपर्छ।
७ धेरै गुलियो खाने – बिहानको समयमा धेरै गुलियो अथवा भारी खाना खाएमा मोटोपना बढ्ने, सुस्त हुने, आलस्यता बढ्ने, मधुमेह र रक्तचापमा समस्या देखा पर्ने हुन्छ। त्यसकारण बिहानको खाजामा अण्डा, दूध, मनतातो कागती पानी, फलफूल जस्ता खानेकुरा मात्र लिनुपर्छ।
८ बिहानको घाममा नबस्ने
बिहानको घाममा बस्दा भिटामिन ‘डी’ पाइने हुनाले घाममा एकछिन भएपनि बस्ने बानी गर्नुपर्छ। बिहानको घाममा मात्र यो भिटामिन पाइने भएकाले आधा घन्टा जति न्यानो घाममा बस्ने गर्नुपर्छ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन