सन्दीप लामिछानेको टाेली मेलवर्न स्टार्सले सिड्नी सिक्सर्सलाई दियाे १६९ रनको लक्ष्य
7 years अगाडी
Susma Dhakal
नेपाली युवा खेलाडी सन्दीप लामिछाने सहभागी टिम मेलवर्न स्टार्सले अष्ट्रेलियामा जारी बीग ब्याशमा सिड्नी सिक्सर्सलाई १६९ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ मेलवर्नले निर्धारित ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको हो ।
मेलवर्नका लागि कप्तान ग्लेन म्याक्सवेलले सर्वाधिक ८२ रन बनाएर अन्तिम ओभरकाे अन्तिम बलमा आउट भए । यसैगरी पिटर ह्यान्ड्सकमले ३५ रन बनाउँदा मार्कस स्टोनिसले ३४ रन बनाएका थिए ।
सिड्नीका लागि टम कुरनले २ विकेट लिए । मेलवर्नलाई आजको खेल जित्नै पर्ने बाध्यता रहेको छ । तालिकाको छैटौं स्थानमा रहेको मेलवर्न आज विजयी भए चौथो स्थानमा रहँदै प्ले अफमा पुग्ने छ । सिड्नी सिक्सर्स भने दोस्रो स्थानमा रहेकाले आजको नतिजाले केही फरक पार्ने छैन ।
February 10, 2019 1:23 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...