तपाईको शरीर आराम छ कि बिरामी ? जिब्रोबाट थाहा हुन्छ,हेर्नुहोस कसरी
तपाईंको शरीरमा कुन किसिमको समस्या छ ? पहिचान गर्न जिब्रो पनि एउटा माध्यम हुनसक्छ । जिब्रोको रंगले तपाईंको रोगको पहिचान गर्छ ।
हुन त जिब्रोका खास काम हो, स्वाद लिने । हामीले खाएको खानेकुराको स्वाद जिब्रोको माध्यामबाट महसस गर्न सकिन्छ । तर, अध्ययनबाट के पनि पत्ता लागेको छ भने जिब्रोको रंगले शरीरको रोग पनि पहिचान गर्न सकिन्छ । यो आफ्नो स्वास्थ्यबारे थाहा पाउने सरल विधि हो ।
१. गुलाबी र नरम : यदि तपाईंको जिब्रोको रंग गुलाबी छ र सधैं नरम हुन्छ भने स्वास्थ्यमा कुनै खराबी छैन । त्यसमा कुनै दाग-धब्बा देखिनु हुँदैन ।
२. गाढा रातो : जिब्रोको गाढा रातो रंगले संकेत गर्छ कि, तपाईको रगतको तापमान बढी छ । कुनै संक्रमण, चोटपटक छ वा ज्वरो आएको छ भने पनि जिब्रो गाढा रातो हुन्छ । भिटामिनको कमीले पनि जिब्रोको रंग रातो हुनसक्छ ।
३. सुख्खा पहेंलो
जिब्रोको रंग पहेंलो छ र सुख्खा पनि छ भने तपाईंमा थकान, कमजोरी, अनिद्राको संकेत गर्छ । त्यस्तै, आन्द्रामा समस्या हुँदा पनि जिब्रोको रंग पहेंलो तथा सुख्खा हुने गर्छ । जण्डिस भएको अवस्थामा समेत जिब्रोको रंग पहेंलो हुन्छ ।
४. जिब्रोको दाँया-बाँया रातो : पेट तथा आन्द्राको समस्या छ भने त्यसको प्रभाव जिब्रोमा देखिन्छ । यदि तपाईंको आन्द्रामा समस्या छ भने जिब्रोको दाँया-बाँया भाग रातो हुन्छ । जिब्रोको अगाडि वा टुप्पोको भागमा रातो छ भने रजोनीवृत्ति तथा मानसिक समस्याको कारण पनि हुनसक्छ ।
५. सेतो : यदि तपाईंको जिब्रोको छाला सेतो छ, सेतो वा पहेंलो काई लागेको छ भने थाहा पाउनुस्, तपाईंलाई चिसो तथा भाइरलको संक्रमण हुनसक्छ ।
यो पनि : चुरोटको सेवन, औषधि, मुखको सफाइ नहुनु जस्ता कारणले जिब्रो कालो हुन्छ । एन्टिबायोटिक लिएपछि ब्याक्टेरिया परिवर्तनले पनि जिब्रो कालो हुन्छ ।
जिब्रो सुन्निएको छ भने सर्तक हुनैपर्छ । यसले थाइराइड, ल्यूकेमिया, एनिमिया, क्यान्सर आदिको संकेत गर्छ ।
February 12, 2019 10:16 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन