प्रहरीको बढुवामा अब कसैले कसैलाई रिझाउनु पर्दैनः प्रधानमन्त्री
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीको सरुवा बढुवालगायतमा अब कसैले पनि हाकिम र उच्च तहकालाई रिझाउनु नपर्ने बताएका छन् ।मंगलबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रहरी निरीक्षकको १७८ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै ओलीले प्रहरी कर्मचारीको बढुवालगायतमा न्यायोचित प्रणाली स्थापना गर्न मातहतका निकायलाई निर्देशन दिइसकिएको बताए ।
उनले प्रहरीको काम शान्ति र अमनचयन कायम गर्ने रहेको बताउँदै भने, ‘हाकिम र माथिकाको दलाली नगर्नुस्, प्रहरी दलाली गर्न होइन, दमन गर्न पनि होइन । प्रोमोशन हुनको लागि कसैलाई रिझाउनु पर्दैन । कार्यसम्पादन मूल्यांकनको आधारमा प्रमोशन गर्न न्यायोचित प्रणाली स्थापना गर्न निर्देशन भइसकेको छ।’
उनले न्यायोचित प्रणालीको विकासपछि सरुवा बढुवालगायतमा कसैले पनि भेदभाव भएको महसुस गर्न नपर्ने भन्दै गर्वका साथ कार्यक्षेत्रमा खटिन प्रहरी कर्मचारीलाई निर्देशन दिए । ओलीले सरकार कुनै पनि पक्षपात, कोशेली वा चाकडीको पक्षमा नरहेको भन्दै यसलाई निर्मूल पार्न सरकार लागिपरेको पनि जानकारी दिए ।
प्रहरीलाई अरु देशको भन्दा कुनै पनि हिसावमा कमजोर बनाउन नदिइने भन्दै प्रधानमन्त्री ओलीले आवश्यक भौतिक, आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाए । सो अवसरमा ८३ पुरुष र १२ महिला गरी कूल ९५ इन्सेक्टर पास आउट भएको जानकारी दिइयो । यस्तै तालिमका क्रममा प्रथम द्धितीय र तृतीय भएकाहरुलाई सम्मानित पनि गरिएको थियो ।
February 12, 2019 3:18 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन