आमाको लास नेपाल पठाईदीन अनुरोध गर्दै कुवेतवासी नेपालीलाई छोरीको दर्दनाक चिट्ठी
कुवेत – आमाको लास नेपाल पठाईदीन अनुरोध गर्दै कुवेतवासी नेपालीलाई ३ छोरीले दर्दनाक चिट्ठी लेखेका छन् । पाल्पा जिल्ला रैनादेवी छहरा गाउँपालिका-४ घर भएकी अमृता दमाईको कुवेतमा मृत्यु पश्चात आर्थिक स्थिति कमजोर भएको कारण सव नेपालमा पठाउन नसके पछी मिर्तक अमृता दमाईकी ३ छोरी क्रमस अस्मिरा परियार , अस्मिता परियार , सुनिता परियार र आमा कुमारी दमाईले कुवेको नेपाली राजदुतावास , नेपाली संघसंस्था लगायत कुवेतमा कार्यरत नेपाली दाजुभाई दिदीबहिनीहरु लाई सव नेपाल पठाईदिन अनुरोध गरेका हुन् । ४७ बर्षीया अमृताको उपचारको क्रममा गत फेब्रवरी ४ तारिक कुवेतको आदान अस्पतालमा मृत्यु भएको हो । स्रोतका अनुसार उनी गैरकानूनी रूपमा कुवेतमा बस्दै अाएकी थिइन् ।
आमाको लास नेपाल पठाईदिन कुवेतवासी नेपालीलाई ३ छोरीको अनुरोध चिठ्ठी :-
श्री कुवेतमा कार्यरत दाजुभाई दिदीबहिनी तथा त्यहाँ रहेको नेपाली दुतावास र नेपाली संघसँस्थाहरु लाई हाम्रो बिनम्र अनुरोध छ । हाम्रो आमा चार बर्ष पहिला हामीलाई पालन पोषण गर्न भनी कुवेत जानु भएको हो । हाल वहाँको कुवेतमै मृत्यु भयको खबरले हामी तिन बहिनी छोरी र हजूरआमा लाई निकै चिन्ता परेको छ ।बुबा ७ बर्ष पहिला भारत जानु भएको हालसम्म बेपत्ता हुनहुन्छ । हाम्रो स्कुलको फिस समेत गाउँका केही ब्यक्ति र संस्थाले तिरिदिनु भएको छ । हाम्रो आमाको सास नपाय पनि लास पाउने आसामा छौँ तर लास नेपाल ल्याउनको लागी हामी सँग पैसो नभएको हुँदा त्यहाँ कुवेतमा कार्यरत दाजुभाई संग बिन्ती गरी हाम्रो आमाको लास नेपाल पठाईदिन अनुरोध गर्छौं ।
नेपाली राजदुतावास कुवेतका अनुसार मृतक अमृताको मृत्यु बारे आधिकारीक रिपोर्ट आउन भने बाँकी रहेको र मृतकको शव नेपाल पठाउन कुवेती दिनार ३५० (नेपाली १,३०,५०० रुपिया) लाग्ने जनाएको छ । अवैधानिक भएकाले उक्त रकम उपलब्ध नहुँदा मृतकको शव नेपाल पठाउन समस्या भएको दूतावासले बताएको छ । दूतावासले मृतकको शव नेपाल पठाउन आवश्यक रकम सहयोग गर्न अनुरोध गरेको छ ।


February 13, 2019 5:41 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन