नेपाली भूमि ‘अतिक्रमण’ गरी चीनले लगाएको तटबन्धले किमाथाङ्का गाउँ नै बग्ने खतरा !
संखुवासभा – पूर्वी पहाडी जिल्ला संखुवासभाको सीमावर्ती किमाथाङ्का गाउँको पुच्छारबाट बगेको अरुण नदीले बर्सेनि नेपाली भूमि कटान गर्दा दिनानुदिन गाउँ नै पहिरोले बगाउने खतरा बढ्दै गएको छ ।
सदरमुकाम खाँदबारीबाट १ सय ६२ किलोमिटर दूरीमा रहेको भोटखोला गाउँपालिका अन्तर्गत पर्ने सीमावर्ती किमाथाङ्काको भौगोलिक अवस्था भिरालो छ । बीचमा बगेको अरुण नदीले नेपाल र तिब्बत छुट्टाएको छ ।
वारि नेपाली गाउँ छ भने पारिपट्टि तिब्बतको शहर छ । पारिपट्टि तिब्बतले अरुण नदीमा तटबन्ध लगाएपछि अरुण नदीले बर्सेनि नेपाली भूमि कटान गरिरहेको स्थानीय छेदर भोटेले बताउनुभयो । चीनले आफ्नो भूमि बचाउन तटबन्ध लगाएर सडक निर्माण गरेको छ । त्यसपछि अरुण नदीको बेगले दिनानुदिन नेपाली भूमि कटान गरिरहेको उहाँले बताउनुभयो ।
यसरी दिनानुदिन नेपाली भूमि कटान भइरहेमा किमाथाङ्का गाउँ नै पहिरोले बगाउने होकी भन्ने खतरा बढेको स्थानीयहरुको भनाइ छ । पारिपट्टि चीन सरकारले बलियो तटबन्ध लगाए पनि नेपालतर्फ भने सामान्य ग्याबिन वाल मात्रै लगाएको छ । र त्यो पनि बर्खाको समयमा नदीको भेलले बगाएर लैजाने गरेको स्थानीयको भनाइ छ ।
छिमेकी देश चीन र नेपालको सीमा क्षेत्र भएर बग्ने अरुण नदीमा चीनले एकतर्फी तटबन्ध निर्माण गरेपछि नेपाली भूमि कटान हुन थालेको हो । अरुण नदीले नेपाली भूमि कटान गर्दा भोटखोला गाउँपालिका–१, किमाथाङकाको पुरै बस्ती नै जोखिममा परेको स्थानीयहरुको भनाइ छ ।
नदी किनारमा चीनले नेपाली भूमि अतिक्रमण गरेर अग्लो तटबन्ध लगाएर सडक निर्माण गरेपछि नदीको पानीले नेपाली भूमितर्फ कटान गरेको स्थानीयहरुको आरोप छ ।
चिनियाँ क्षेत्रबाट आउने नदीको पानी नेपाली भूमितर्फ बग्न थालेकाले कटान भइरहेको वडा नम्बर–१, का अध्यक्ष तेन्छेबी शेर्पाले बताउनुभयो । ग्याबिन वाल बनाउन तत्कालीन किमाथाङ्का गाविस र भोटखोला गाउँपालिकाले एक करोड रुपैयाँ भन्दा बढी रकम खर्च गरिसकेको गाउँपालिका प्रमुख ठिलेन भोटेले बताउनुभयो ।
यस क्षेत्रको अवस्थाबारे केन्द्रीय सरकारलाई पटक–पटक जानकारी गराउँदासमेत चासो नदिएको अध्यक्ष भोटेले गुनासो गर्नुभयो । उहाँका अनुसार नेपाली भूमि जोगाउन तटबन्धका लागि झण्डै २५ करोड रुपैयाँ अवश्यकता पर्दछ ।
सीमा क्षेत्रको चाँगा र देन्दाङ बजारको विकासका लागि चीनले दुई वर्षदेखि नदीमा दैनिक तीन वा चार वटा एक्स्काभेटर लगाएर बालुवा निकाल्दै आएको छ । चीनले नदीलाई नेपालतर्पm मोडेको वडाध्यक्ष भोटेले बताउनुभयो ।
चीनको एकतर्फी तटबन्ध निर्मार्णले नेपालतर्फको भूमि कटान बढ्दै गइरहेको छ । वर्षा याममा नदीको बहाव उच्च हुँदा नेपाली भूमिमा अझै धेरै कटान हुने भएकाले सधैँ त्रासमा बस्नुपर्ने स्थानीयको भनाइ छ ।
नदीले किमाथाङकाको खेतीयोग्य जमिनसमेत कटान गरिरहेको छ । यसबारे संघीय सरकारलाई जानकारी गराए पनि कुनै पहल नभएको गाउँपालिका अध्यक्ष भोटेले बताउनुभयो ।
वडा नम्बर–१, किमाथाङकामा एक सय परिवार बसोबास गर्दै आइरहेका छन् । कटान क्षेत्रमा सीमा भन्सार कार्यालय, सशस्त्र प्रहरी बल, सुख्खा बन्दरगाह, अध्यागमन कार्यालय राख्ने भनिएको क्षेत्र पनि जोखिममा परेको छ ।
यस क्षेत्रमा सरकारी कार्यालय स्थापना गर्ने नक्सासमेत तयार भइसकेकाले चाँडो व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी गणेशबहादुरअधिकारीले बताउनुभयो ।
अहिलेसम्म किमाथाङ्का प्रहरी चौकी, निकुञ्ज, स्वास्थ्य चौकी र एक प्राथमिक विद्यालय मात्रै रहेको छ । अरुण नदीमा बलियो तटबन्ध तत्काल लगाउनु पर्ने स्थानीय बुद्धिजिवीहरुको जोडदार माग छ ।
February 16, 2019 11:20 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन