कश्मीर आक्रमणका ‘मास्टरमाइन्ड’ अब्दुल रशीद गाजी मारिए
काठमाडौं, फागुन ७ । जम्मू–कश्मीरको पुलवामामा भएको आतंकवादी आक्रमणपछि भारतीय सुरक्षा बलले गरेको कारबाहीमा तीन जना चरमपन्थी मारिएको भारतीय अधिकारीले जनाएका छन् ।
सोमबार पुलवामाको पिंगलानामा भएको ‘इन्काउन्टर’ मा फेब्रुअरी १४ मा भएको आक्रमणका ‘मास्टरमाइन्ड’ समेत मारिएको भारतीय सुरक्षा अधिकारीले दाबी गरेका छन् । जवाफी कारबाहीमा एक मेजरसमेत ४ जना भारतीय सुरक्षाकर्मीको पनि ज्यान गएको छ ।
सोमबारको कारबाहीमा पुलवामा आक्रमणका ‘मास्टरमाइन्ड’ कामरान गाजी मारिएको बताइएको छ । जैश–ए–मोहम्मदसँग जोडिएका हिलाल अहमद र अब्दुल रशीद गाजी पनि कारबाहीमा मारिएको भारतीय सुरक्षा अधिकारीले जनाएका छन् ।
अब्दुल रशीद गाजी आत्मघाती आक्रमणमा संलग्न आदिल अहमद डारका ह्याण्डलर भएको बताइएको छ । त्यस्तै अब्दुल रशीद गाजी जैश–ए–मोहम्मदका प्रमुख मौलाना मसूद अजहरका प्रमुख विश्वासपात्र पनि भएको बताइएको छ
उनी हतियार र विस्फोटक पदार्थ विशेषगरी आईडीका एक्सपर्ट थिए । गाजी अफगानिस्तानमा आतंकवादी गतिविधिमा संलग्न थिए । जहाँ उनले जैश–ए–मोहम्मदका लागि तालिम दिने गर्थे ।
भारतीय गुप्तचर संस्थाका अनसार डिसेम्बर ९ तारिखका दिन गाजी आफ्ना साथीहरुसँगै कश्मीर प्रवेश गरेका थिए । उनी अफगानिस्तानमा अमेरिती तथा नेटो सेनाविरुद्ध लडिरहेका थिए ।
उनी कश्मीर प्रवेश गरेलगत्तै पुलवामालाई आफ्नो अड्डा बनाएका थिए । त्यसपछि उनले आक्रमणकारी आदिल अहमद डारलाई सम्पर्क गरेका थिए ।
आदिललाई कार बम विस्फोट गराउने तालिम गाजीले नै दिएका थिए सुरक्षा अधिकारीहरुका अनुसार आदिल अहमद डारलाई बम विस्फोट गराउने पुरै तालिम गाजीले नै दिएका थिए । भारतीय सैनिक अधिकारीहरुका अनुसार आदिल अहमद डारले सी ग्रेडको कार बम विस्फोटको तालिम गाजीसँगै लिएका थिए ।
February 19, 2019 12:16 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन