स्काइफल ‘मिस नेपाल पिस’को सातौ संस्करण सुरु
काठमाडौं । स्काइफल ‘मिस नेपाल पिस’को सातौ संस्करण सुरु भएको छ।आयोजक नेक्स्ट मोडल्स नेपालले बुधबार विज्ञप्ति जारी गरी प्रतियोगिताको आवेदन खुला भएको जनाएको हो।

‘सशक्त महिला सबल राष्ट्र’ भन्ने नारासहित स्वास्थ्य पेसासँग सम्बन्धित यो एकमात्र सौन्दर्य प्रतियोगिता हो। प्रतियोगिताका लागि १६ देखि २८ वर्षसम्मका कम्तीमा ५ फिट उचाइ भएका अविवाहित युवतीले आवेदन भर्न सक्नेछन्। अन्तराष्ट्रिय स्तरमा शान्ति सन्देश फैलाउँदै नर्सिङ पेसा रोजेका र अध्ययन गरिरहेकालाई पेसा र समाजप्रति थप उत्तरदायित्व बोध गराउने उद्देश्यले यो प्रतियोगिता विगत ६ वर्षदेखि नियमित आयोजना हुँदै आएको छ।

प्रतियोगिताको प्रारम्भिक चरणमा देशभरका चार दर्जन नर्सिङ कलेज तथा एक सयभन्दा बढी अस्पतालमा कार्यरत नर्सको उत्साहजनक सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष रवि धमलाको दाबी छ।प्रतियोगीताको पहिलो अडिसन ११ फागुनमा राजधानीमा हुँदैछ। सहभागी हुन चाहनेले नेक्स्ट मोडल्स नेपालको केन्द्रीय कार्यालय टेकुबाट आवेदन फर्म भर्न सक्नेछन्। यो सिजनमा सहभागी प्रतियोगितालाई बिभिन्न ग्रुपमा बिभाजन गरेर बेष्ट क्यान्सर सम्बन्धी अभियान समेत चलाउने आयोजकले जनाएको छ।

प्रारम्भिक अडिसनबाट छानिएका प्रतियोगिलाई सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतारिने आयोजक नेक्टस् मोडल नेपालकी प्रबन्ध निर्देशक यतना पाण्डेले बताइन्।
प्रतियोगिताका शीर्ष विजेताले एक लाख नगदका साथै अमेरिका र अष्ट्रेलिया अध्यायनका लागि छात्राबृती जित्न सक्नेछन्।
February 21, 2019 9:09 am | फोटो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन