महिला टी–२० विश्वकप छनाैट : थाइल्याण्डसँग नेपाल ५७ रनले पराजित
आईसीसी टी–२० र एकदिवसीय विश्वकपअन्तर्गत एसिया क्षेत्रीय छनोटमा नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित भएको छ । यो हारसँग नेपालको विश्वकप छनोट चरण पार गर्ने लक्ष्यमा धक्का लागेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर एक सय २४ रन बनायो । उसका लागि ओपनर नाइमुइ चेइवइ ३२, बोचाथम १२ रन, चनीदा सुथिरुंगाले ३५ रन बनाइन् ।
यस्तै वोङपाकाले २८ रनको योगदान गरिन् । अन्तिम ओभरमा नेपाली कप्तान रुवीना क्षेत्रीले दुई विकेट लिइन् । उनी बाहेक बलिङमा नेपालका लागि नेरी थापा र कविता कुवँर दुई–दुई विकेट लिइन भने करुणा भण्डारीले एक विकेट लिइन् ।
जवाफमा नेपाल २० ओभरमा आठ विकेट गुमाउँदा ६७ रनमा रोकियो । दुई रन हुँदा दुई विकेट गुमाएको नेपालले आठ रन जोड्दा तेस्रो विकेट गुमायो । ओपनर काजल श्रेष्ठ र रोमा थापा मात्र एक-एक रनमा आउट भइन् भने कप्तान रुवीना क्षेत्री तीन रनमा पेभेलियन फर्किइन् ।
त्यसपछि चौथो विकेटका लागि इन्दु बर्मा र सरिता राना मगरले ४६ रनको साझेदारी गर्दै टिमको पारी सम्हाल्ने प्रयास गरेका थिए । तर इन्दु २९ र सिता १८ रनमा आउट भएपछि नेपालले ५६ रनमा ५ विकेट गुमायो ।
त्यसपछि नेपालका कुनै पनि खेलाडी धेरै बेर क्रिजमा टिक्न सकेनन् । यो प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले मात्र विश्वकप छनोटको अन्तिम चरणमा प्रवेश गर्नेछ ।
February 21, 2019 12:44 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन