सोनी भण्डारी अध्यक्ष चुन्दै ताप्लेजुङ समाज सेवा को प्रथम महाधिवेशन सम्पन्न
गुरु प्रसाद रेग्मी , युएइ
ताप्लेजुङ समाज सेवा युएईको प्रथम अधिवेशन विविध सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको छ ।शुक्रबार बर दुबइस्थित सिल्भर स्पोन रेस्टुरेन्टमा भएको समाजको उक्त अधिवेशनबाट सोनी भण्डारीको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति गठन भएको हो ।
प्रथम उपाध्यक्ष दावा शेर्पा, द्वितीय उपाध्यक्ष घनेन्द्र खतिवडा, महासचिव भवानी माङ्मू, सचिव बुद्ध लिङ्देन, कोषाध्यक्ष रस्ना लिम्बू, सह–कोषाध्यक्ष धनेन्द्र कार्की चयन भएका हुन् ।
त्यसैगरी सदस्यहरुमा क्रमशः शिवरात्री नाल्बो, लोकेन्द्र पालुङ्वा, नुपु शेर्पा, बलराम अधिकरी, सरस्वती लिम्बू, यशोदा कार्की, खगेन्द्र अधिकारी, गौरव ओली, टंक गुरुङ, रिज्जु सिटौला, राज लिम्बू, विकास वनेम, उदिप ओख्राबो, बिवेक लिङ्देन, राम अन्छङ्बो र ओङ्दी शेर्पा रहेका छन् ।
गुन्जमान गुरुङको संरक्षक रहेका समितिमा सल्लाहकार गजबहादुर बनेम, पारसमणी पौडेल, डम्बर लिवाङ् लिम्बू र काजी गौतमलाई मनोनित गरेको हो ।
कार्यक्रममा नेपाली समाज यूएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटाले यूएईमा रहेका सम्पूर्ण संघसंस्थाबीच सहकार्य गरी नेपालीहरूले युएईको कानून पालना गर्नुपर्नेमा जोड दिए । उनले थपे, नेपालीहरुद्वारा अन्जानमा भइरहेको विसंगतिहरूलाई हटाउन ताप्लेजुङ समाजले भूमिका खेल्नुपर्नेछ ।
सोही समारोहमा एनआरएन यूएईका महासचिव कृष्ण पौडेल, झापाली समाज युएईका अध्यक्ष अशोक चापागाईं,सुनसरी समाज युएईका सह–कोषाध्यक्ष देवीका आचार्य लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले शुभकामना दिएका थिए ।
समाजले बिगत लामो समय देखि पत्रकारिता क्षेत्रमा सकृय उज्यालो अनलाइन डट्कमका यूएई संवाददाता उमाकान्त पाण्डेलाई सम्मान गरेको छ।
महाधिवेशन विभिन्न साङितिक कार्यक्रमको साथमा सम्पन्न भएको थियो जसमा कलाकारहरू पारस लामा, सुरेन्द्र लामा, होमनाथ कुवँर, सुनिता लिम्बू र लक्ष्मी भट्टराईले सांगीतिक प्रस्तुत गरेका थिए ।
February 24, 2019 9:38 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन