युवतीलाई टाउको दुख्यो, औषधी खाएर सुतिन्, उठ्दा थाहा भयो कि आमा बनिसकेकी छिन्
लण्डन। सुतेर उठ्दा तपाईं आमा बनिसक्नुभएको छ भन्ने थाहा पाएपछि कस्तो लाग्ला ? ब्रिटेनकी एबोनी स्टिवेन्सनलाई यस्तै भएको छ । एबोनी १८ वर्षकी हुन् ।
ब्रिटेनको ओल्डह्याम भन्ने स्थानमा बस्छिन् । २०१८ डिसेम्बर २ तारिखमा उनलाई टाउको दुख्यो । उनलाई अस्पताल भर्ना गरियो । त्यसपछि एबोनी कोमामा गइन् ।
स्वास्थ्योपचारका बेला थाहा भयो कि उनलाई प्रिक्लेम्प्सिया नामको रोग लागेको थियो । त्यसकारण उनलाई अचानक टाउको दुखेको थियो । पिक्लेम्प्सिया एक प्रकारको स्वास्थ्य अवस्था हो जुन गर्भवती महिलामा देखिन्छ ।
यसमा उच्च रक्तचाप हुन्छ, हात–खुट्टा सुन्निन्छ, पिसाबमा प्रोटिन बढ्नेजस्ता लक्षण देखिन्छ । तर एबोनीलाई यसबारे केही थाहा थिएन किनकि उनको बच्चा उनको दोस्रो पाठेघरमा हुर्किरहेको थियो ।
उपचारका क्रममा एबोनीको दुईवटा पाठेघर भएको पत्ता लाग्यो । मेडिकल साइन्समा यो अवस्थालाई युटेरस डिडेलफिस भनिन्छ । एबोनीको बायाँ तर्फको पाठेघरमा बच्चा हुर्किरहेको थियो । त्यो बायाँतर्फ नै झुकेको थियो त्यसकारण पेट पनि खासै बढेको थिएन । उनको पेटमा बच्चाको विकास राम्रोसँग भइसकेको थियो ।
एबोनी अस्पतालमा भर्ना भएलगत्तै उनको शल्यक्रिया गरियो । एबोनीले छोरीलाई जन्म दिइन् तर यो कुरा उनले तीन दिनपछि मात्र कोमाबाट फर्किएपछि होसमा आएपछि थाहा पाइन् ।
एबोनी कलेजमा स्पोर्टस् फिजियोथेरापीको अध्ययन गरिरहेकी थिइन् । कोमाबाट फर्किएपछि एबोनीलाई टाउको दुखेर औषधी खाएर सुत्न गएको मात्रै थाहा भएको बताउँछिन् । एबोनीले आफ्नी छोरीको नाम एलोडी राखेकी छिन् ।
March 1, 2019 2:09 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन