एनआरटीएनसि नेपाली समाज साउदी अरबको आठौं वार्षिकोत्सब सम्पन्न ।
तेज थापा,
साउदी अरब- एनआरटीएनसि नेपाली समाज साउदी अरबले आफ्नो आठौं वार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको छ । साउदि अरबको पुर्वी प्रान्त अलखोबर स्थित दरबार होटेलमा आज बिशेश कार्यक्रम गरि समाजले वार्षिकोत्सब मनाएको हो ।

महासचिव पेशल कुमार राइद्वारा संचालित कार्यक्रममा समाजका अध्यक्ष विष्णु पोख्रेलले सभापतित्वमा गरेका थिए । कार्यक्रममा समाजका संस्थापकहरु पुर्व तथा वर्तमान पदाधिकारी लगायत पन्जिकृत सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियोे ।
विभिन्न चरणमा विभाजित कार्यक्रम प्रबक्ता खेमराज आचार्यले स्वागत मन्तव्य राखेका थिए भने बर्तमान प्रमुख सल्लाहकार डमर कुमार यादव, भुतपुर्व अध्यक्ष प्रेम सिंजालि, संस्थापक कोषाध्यक्ष खिम गर्बुजा, संस्थापक उपाध्यक्ष तेज थापा, भुतपुर्व उपाध्यक्ष आइत लिम्बू, आसिपल तामाङ लगायतका वक्ताहरुले आठौं वार्षिकोत्सबको अवसरमा शुभकामना मन्तव्य दिएका थिए ।
रोजगारीका सिलसिलामा साउदि अरब आइ आपसी एकता, सद्भाव र सहयोग गर्ने हेतुले नेस्मा पार्टनर्स, रबवि ग्रुप तथा नेस्मा ट्रेडिङ कम्पनीमा कार्यरत नेपालीहरुले सन २०१० मा नेपाली समाजको स्थापना गरेका थिए । समाजले आफ्ना कम्पनीमा विभिन्न कारणवश मृत्यु भएका एवम् जटिल रोगले ग्रसित हुन पुगेका नेपालीहरुलाइ आर्थिक सहयोग पुर्याउने देखि लिएर स्वदेशमा महाभुकम्प तथा दैवीप्रकोप जस्ता विपत्तिहरुमा समेत सहयोग गर्दै आइरहेको छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन