आहा रारा गोल्डकप : आर्मी भर्सेस थ्रीस्टार, कसले उचाल्ला ट्रफी ?
कास्की – पोखरामा चलिरहेको १७ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितको फाइनलमा शनिवार त्रिभुवन आर्मी क्लब र रुस्लान थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ । आर्मीले क्यामरुनको दाउफिन्सलाई १–० र थ्रीस्टारले एपीएफलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।
ए डिभिजन लिगपछि मोफसलका प्रतियोगिताहरुमा निकै राम्रो खेल खेलिरहेको दुवै टिमले उपाधि रक्षा गर्नु आफूहरुको लक्ष्य रहेको शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा दाबी गरेको छ । आर्मीका प्रशिक्षक नविन न्यौपानेले भने, ‘अहिलेसम्म आहा राराको इतिहासमा आर्मीले उपाधि जित्न सकेको छैन, यो वर्ष जित्ने लक्ष्यमा छौँ ।’ थ्रीस्टार राम्रो टिम भएको हुँदा अवसरहरु कमै प्राप्त हुने र पाएको अवसरलाई सदुपयोग गर्दै अगाडी बढ्ने उनको भनाइ छ ।
थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले आर्मीसँगको खेल प्रतिस्प्रधात्मक हुने बताउँछन् । आफ्नो लक्ष्य उपाधि रक्षा गर्ने बताउँदै शनिबारको खेल पोखरेली दर्शकले हेर्न लायक हुने उनले बताए । आर्मी राम्रो टिम भएकोले त्यहीअनुसारको रणनीतिका साथ अगाडि बढेर उपाधि जित्ने उनको दाबी छ ।
फाइनल खेल शनिबार दिउँसो २ बजे पोखरा रंगशालामा हुनेछ । हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको विजेताले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई स्कूटर, वेस्ट अफ् फाइभ विधातर्फ जनही १५ हजार र ट्रफी दिइनेछ । यस्तै सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँका साथै ट्रफी दिइनेछ ।
March 2, 2019 10:50 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन