जाति बचाउन भाषा बचाउ, भेषभुषा माथिको विकृति बहिष्कार गरौँ – शेर्पा किदुग युएई
7 years अगाडी
Nepal Drishti
अनिस तामाङ, युएई । शेर्पा समुदायको राष्ट्रिय पर्व फग् ल्होसारको उपलक्ष्यमा शेर्पा किदुग युएईले २१४७ औं फग ल्होसार-२०१९ को अवसर पारेर युएईको दुबई शहर स्थित एभरेस्ट क्लब अस्टोरिया होटलमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरि भव्यरुपमा सम्पन्न गरेको छ ।

उक्त कार्यक्रमको अध्यक्षता शेर्पा किदुग युएईका केन्द्रीय अध्यक्ष निमा शेर्पाले गरेको थियो भने कार्यक्रमका प्रमुख अतिथिको रुपमा नेपाल आदिबासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ शेर्पाले गरेका भए । त्यसैगरी विशेष अतिथि,अतिथिको रुपमा तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तान, जनजाति महासंघ युएईका बरिस्ठ उपाध्यक्ष सुरेन्द्र थिङ लगायतका विभिन्न जातिय,क्षेत्रीय सामाजिक संघ संस्थाका प्रतिनिधिहरु उपस्थित थिए ।

कार्यक्रमको उद्घाटन दिप प्रज्वलन साथमा नेपालको राष्ट्रियगान गाएर उपस्थित अतिथिहरुलाई स्यार्गे दिएर गरेको हो । निर्धारित समय भन्दा केही समय ढिलो सुरु भएको उक्त कार्यक्रममा शेर्पा किदुग युएईका संचार विभाग प्रमुख सनम शेर्पाले स्वागत मनतव्य द्धारा सबै उपस्थित दर्शक तथा सम्मानित व्यक्तिहरुलाई स्वागत गरेको थियो ।

मनतव्यको क्रम कार्यक्रमका आकर्षक व्यक्तित्व अर्थात महासंघ युएईका अध्यक्ष पासाङ शेर्पाले पछिल्लो चरण भेषभुषामा आएको विकृतिलाई कडा शब्दमा निन्दा गर्नु भएको छ । भेषभुषामा हाम्रो सांस्कृतिक चिनारी भएकाले आफ्नो मौलिक भेषभुषामा पश्चिमी समाजको प्रवेश गर्न दिन नहुने, यदि कसैले जबर्जस्ती भेषभुषामा माथि विकृति भित्र्याउछ भने उक्त व्यक्तिलाई सामाजिक रुपमा बहिस्कार गर्नु पर्ने तर्क पेश गरेको हो ।

त्यसै गरि कार्यक्रमका अर्का विशेष अतिथि तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तानले पछिल्लो चरण आफ्नो मातृ भाषा छोड्दै गरेकोमा चिन्ता व्यक्त गर्नु भएको थियो । कुन व्यक्ति कुन जातिको हो भनेर चिनिने पहिलो आधार भनेको उसको भाषा भएकोले हामी हाम्रो भाषालाई प्रमुख मान्यता दिदै जाति बचाउन भाषा बचाउनु पर्ने कुरामा जोड दिएका छन ।

औपचारिक कार्यक्रम समापन भए संग दोस्रो अनौपचारिक कार्यक्रम सुरु भएको थियो । नेपालबाट अमान्त्रित कलाकारहरु गायक गम्बु शेर्पा, डिजे तेन्जिङ, मोडल तथा डान्सर पुसन लामा, सेलो गायक आङतेन्जी शेर्पा, यङजोम शेर्पाको साथमा स्थानीय कलाकारहरुको जोडदार सांगीतिक प्रस्तुतिले उपस्थित सयौं दर्शकहरुले भरपुर मनोरञ्जन गरिएको देखिन्थे ।

सामाजिक अभियान्त तथा उक्त कार्यक्रमका सञ्चालिका यङजोम शेर्पाले सञ्चालन गर्दै आएका सामाजिक कामको हौसला स्वरुप उपस्थित दर्शकहरूले केही रकम आर्थिक स्वरुप सहयोग गरेको थियो भने कार्यक्रममा नेपालबाट अमान्त्रित सबै कलाकारहरुलाई खादा लगाएर कदरपत्रले सम्मान समेत गरेको हो ।



प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...