छोरीको कुमारीत्व २७ लाखमा बेच्न खोज्ने आमा
रुसकी इरिना ग्लादकिख हालसालै जेल परेकी छिन् । उनको अपराध थियो– नाबालिग छोरीको कुमारीत्व करिब २७ लाख रुपैयाँमा बेच्ने प्रयत्न ।सौन्दर्य प्रतियोगितामा पनि भाग लिने गरेकी पूर्वसुन्दरी ३५ वर्षीया ग्लादकिख चेल्याबिन्स्क शहरकी बासिन्दा हुन् । उनले मस्कोनिवासी एक जना प्रहरीलाई आफ्नी १३ वर्षीया छोरीका उत्तेजक तस्बिर खिचाएर पठाएकी थिइन् । डाक्टरबाट छोरी कुमारी भएको प्रमाणपत्र पनि हासिल गरेकी थिइन् ।
जनवरीमा उनी छोरी लिएर मस्को पुगेकी थिइन् । बालदुराचारी प्रमाणित भएका एक जना प्रहरीले उनको छोरीसँग यौन सम्बन्ध कायम गर्नका लागि मोटो रकम दिएका थिए । ग्लादकिखले पैसा हात पार्न पनि पाएकी थिइनन्, प्रहरीले उनलाई पक्राउ गरिहाल्यो ।
अदालतले उनलाई साढे चार वर्षको जेल सजाय दिएको छ । उनका छोरी र छोरा हाल हजुरआमासँग बस्छन् । उनकी छोरीको कुमारीत्वको ग्राहक खोजिदिने काममा संलग्न अन्य दुई जनालाई साढे तीन वर्षको जेल सजाय तोकिएको छ । प्रहरीले ग्लादकिख र अन्य दुई जना दोषीले पहिले यौनकर्मीका रूपमा काम गरेको पनि बताएको छ ।
ग्लादकिखकी एक जना साथीले उनको जीवनशैली विलासी भएको बताइन् । ‘उनी महँगा र स्टाइलिस लुगा लगाउँथिइन्,’ ती साथीले भनिन्, ‘घरमा पार्टी गरिरहन्थिन् । चेल्याबिन्स्कको सौन्दर्य प्रतियोगितामा भाग लिएकी थिइन् । उनको जीवनशैली भव्य थियो ।’
March 2, 2019 3:10 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन