Thursday 28th March 2024

डोलराज न्यौपानेको लोकदोहोरी गीत रोधी घर …..( म्युजिक भिडियो )

5 years अगाडी

काठमाण्डौ- चर्चित लोक गायक डोलराज न्यौपानेको लोकदोहोरी गीत ‘ रोधी घर …..’ बजारमा आएको छ । बिगत एक दशक देखी कुवेतलाई कर्म थलो बनाइरहेका लोक गायक डोलराज न्यौपाने तथा लोक गायिका सरीता न्यौपानेको स्वर रहेको उक्त लोक दोहोरी गीतको म्युजिक भिडियो लाई किरण ईन्टरटेन्टमेन्ट युटुव च्यानलबाट सार्वजनिक भएको हो । उक्त गीतमा सरीता न्यौपानेको सब्द रहेको छ भने गायक न्यौपानेको लय रहेको छ ।

दर्जनौ गीतमा स्वर भरिसकेका गायक न्यौपानेको नयाँ लोकदोहोरी गीतको उक्त म्युजिक भिडियोमा नरेन्द्र आचार्य , संजिता राना मनिषा डोटेलको मुख्य अभिनय रहेको छ भने दर्जन भन्दा बढी कलाकारहरुको सामुहिक नृत्य रहेको छ ।
बिशाल बैरागीले निर्देसन गरेको उक्त म्युजिक भिडियो लाई निरज भुसालले छायांकन गरेका छन् भने अनिल बिष्ट प्यूठानीले सम्पादन गरेका हुन्।

भिडियो –

          March 3, 2019 10:45 pm | भिडियो,संगीत


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...