टुसा उम्रेका गेडागुडी खानुका ५ फाइदा, मुटुरोग देखि मोटोपन नियन्त्रणसम्म
काठमाडौँ । टुसा उम्रेको अन्न या गेडागुडीमा प्रशस्तै पाइने पौष्टिक तत्वहरूले हाम्रो शरीरका लागि फाइदाजनक हुन्छ। यसमा हुने फाइबरले गर्दा हाम्रो भोक पनि मेट्छ भने शरीरलाई प्रशस्तै ऊर्जा पनि प्रदान गर्दछ ।
टुसा उम्रेको गेडागुडी खानुका फाईदा यस प्रकार छन् :
१) पाचन शक्ति सुधार हुन्छ : गेडागुडीको टुसामा पाइने सबैभन्दा महत्वपूर्ण तत्व भनेको ‘इन्जाइम’ हो। यसले शरीरमा हुने विभिन्न रसायनिक प्रतिक्रियालाई सक्रिय बनाउनुको साथै पाचन शक्तिमा पनि सुधार ल्याउँदछ।
२) मोटोपना नियन्त्रण गर्न सहयोग गर्दछ : टुसा उम्रेको गेडागुडीमा पौष्टिक तत्वको मात्रा बढि हुन्छ र क्यालोरीको मात्रा कमि हुन्छ । यसमा हुने फाइबरले गर्दा शरीरमा घ्रेलिन नामक हरमोनलाई हटाई भोक पनि सजिलैसँग मेट्दछ । त्यसैले टुसा उम्रेको गेडागुडी खानाले मोटोपन बढ्दैन।
३) मुटुको स्वास्थ्य राख्न मद्वत गर्दछ : टुसा उम्रेको गेडागुडी यसले रक्तनली र धमनीबाट नराम्रो कोलेस्ट्रोललाई हटाउन मद्दत गर्दछ । साथै यसले मुटुको धमनीमा पर्ने दवाव र जलनलाई पनि कम गराउँदछ।
४) क्यान्सर : टुसा पलाएको गेडागुडीमा पाइने जैविक तत्वको एण्टिअक्सिडेन्ट गतिविधिले क्यान्सर प्रतिरोधात्मक तत्वको पैदा गराउँदछ। अङ्कुरित अन्नले क्यान्सर लगायत, चाँडै बूढो हुने, स्मरण शक्तिमा ह्रास हुने अनि उमेरसँगै आउने समस्याको पनि अन्त्य गराउँदछ ।
५) प्रतिरक्षा प्रणालीः अङ्कुरित अन्नलाई ‘प्रतिरक्षा शक्ति बढाउने खानेकुरा’ भन्न मिल्ने कारणहरू थुप्रै छन् । यसमा हुने भिटामिन(सी मात्रैले पनि शरीरको सेतो रक्तकोषलाई बलियो बनाउँदछ जसले विभिन्न किसिमका सङ्क्रमण अनि रोगहरूबाट बचाउँदछ।
March 9, 2019 1:37 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन