पहिलो पटक युएइमा डम्फू साझ आयोजना हुँदै तयारी तिब्र
अनिस तामाङ –
युएई- युएई तामाङहरुको सांस्कृतिक चिनारी डम्फूको नामबाट डम्फू साँझ युएई परिवारले पहिलो ऐतिहासिक डम्फू साँझ–२०१९ बृहत सांस्कृतिक कार्यक्रम गर्ने तयारी तीब्र पारेको छ ।
तामाङ समुदायको सांस्कृतिक पहिचानको रुपमा चिनिने डम्फू पछिल्लो चरण तामाङ गीत संगीत देखि चलनचल्तीको चाडपर्व रीतिरिवाजहरुमा समेत कम प्रयोग हुँदै गएको छ ।
भविष्यमा डम्फू लोप हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै डम्फूको प्रचारप्रसार र सांस्कृतिक जगेर्ना गर्दै समुदायलाई एकतावद्ध गर्ने उदेश्यले युएईमा रहेका नेपाली युवाहरुले डम्फू साँझ कार्यक्रम आयोजना गरेको हो ।
‘हाम्रो डम्फू हाम्रै शान, यसैमा छ तामाङ पहिचान’ भन्ने मुल नारा लिएर युएइको देरादुबईस्थित काल्र्टन टावरमा हुन लागेको उक्त कार्यक्रममा नेपालबाट तामाङ चलचित्रदेखि सेलो जगतका चर्चित हस्तीहरु समेत युएई आउने कार्यक्रम संयोजक सुरेन्द्र थिङ तामाङले जानकारी गराएको छ।
जसमा चर्चित सेलो गायिकाहरु इन्दिरा गोले, जीतु लोप्चन गायकहरु विश्व दोङ, फूलकुमार बम्जन, म्हेन्दोमाया गायक सुमन घले, तामाङ चलचित्रको वरिष्ठ नायक तथा निर्माता अमिर दोङ तामाङ, नायिका सुनिता लुङ्बा, सुश्मा मोक्तान र कार्यक्रम उद्घोषिका स्मारिका थिङ तामाङ रहेका छन्।
यहीँ आउदो अप्रिल १९ तारिखका दिन दिउँसो ठिक १ बजे सुरु हुन लागेको उक्त कार्यक्रमका लागि आयोजक टिम युएइका विभिन्न शहरहरुमा पुगेर त्यहाँका क्रियाशील संघसंस्थाका प्रतिनिधिहरुलाई प्रत्येक्ष भेटेर निमन्त्रणा कार्ड दिनेदेखि कार्यक्रममा उपस्थितिका लागि सबैलाई आह्वन गर्दै कार्यक्रमको प्रचारप्रसारलाई तिब्र बनाएको छ ।
March 10, 2019 8:22 am | Uncategorized,प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन