आज – ०१ चैत्र २०७५ शुक्रवारको राशिफल
आज – ०१ चैत्र २०७५ शुक्रवारको राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । आकस्मिक धन लाभ हुनेछ । हल्लाको भर पर्दा दु:ख पाइनेछ, तर मिहिनेत गर्दा प्रगति हुनेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । तर अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नुपर्ला ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) वैदेशिक,व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । साँझमा आर्थिक सङ्कट आउन सक्छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शुभकार्यको चर्चा चल्नेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन् ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल
March 15, 2019 8:07 am | राशिफल
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन