नेपालले आज कुवेतसँग खेल्दै
झण्डै १९ वर्षपछि नेपाली राष्ट्रिय फुटबल टिम यो सिजनको पहिलो मैत्रीपूर्ण खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । कुवेतमा हुने खेल स्थानीय समय अनुसार साढे ६ बजेदेखि सुरु हुनेछ ।कुवेतमा भएको प्रिम्याच कन्फ्रेन्समा प्रशिक्षक योहान कालिनले आफ्नो टिम जित्नका लागि कुवेत आएको बताएका छन् । यसै खेलबाट नेपाली फुटबल टिमको प्रशिक्षणको औपचारिक यात्रा सुरु गर्ने कालिनले कुवेत टिम राम्रो रहेको भए पनि आफू टिमका बारेमा पूर्ण रुपमा जानकार नभएको बताए । उनले नेपाली टिममा यसपटक युवा खेलाडीको बाहुल्यता रहेकाले पनि टिममा परीक्षणकालमा जस्तै रहेको बताए ।
उनले राष्ट्रिय टिमका मुख्य ६ खेलाडी यू २३ प्रतियोगिताका लागि कतारमा गएकाले पनि टिमलाई दबाब हुने उनले बताए । तर पनि आफ्नो टिमले राम्रो खेलेर कुवेतलाई चुनौती दिने उनले बताए नेपाल र कुवेत १९ वर्षपछि खेल्न लागेका हुन् । यसअघि सन् २००० मा भएको एएफसी एशिया कपका दौरान नेपालले कुवेतसँग खेल्दा पाँच शून्यले हार ब्यहोरेको थियो । तर त्यसपछि कुवेतको टिममा निकै हेरफेर भइसकेको छ ।
कुवेत फुटबल संघ तीन पटक फिफाको निलम्बनमा परिसकेको छ भने टिममा युवा भन्दा पनि अनुवभी र नेपाल भन्दा तलुनात्मक रुपमा पाका खेलाडीको बाहुल्यता धेरै रहेको छ । त्यसैले पनि नेपाली टिमका कप्तान विराट महर्जन पनि टिमलाई जित्नेमा विश्वस्त रहेको बताउँछन् ।
यता कुवेतका प्रशिक्षकले टिमले पछिल्लो ६ महिनादेखि प्रशिक्षणमा रहेको बताए पनि औपचारिक खेल खेल्न नपाएको बताएका छन् । कुवेतका खेलाडीमा फुटबल प्रतिको सम्मान भएकाले नै टिम राम्रो भएको उनले बताए । विश्वकप खेलिसकेको र एशिया कप जितीसकेको कुवेत फिफा बरीयतामा नेपाल भन्दा केही माथि नै रहेको छ । त्यसैले नेपालका लागि युवा खेलाडीको परीक्षणका रुपमा पनि लिइएको छ ।
नेपाली खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा पहिलो गोल गरेको पनि कुवेतविरुद्ध नै हो । सन् १९८२ मा वाइबी घलेले कुवेतविरुद्धको गोल नै नेपालको पहिलो गोल हो । त्यसपछि नेपालले कुवेतविरुद्ध गोल गर्न सकेको छैन ।
March 21, 2019 10:08 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन