कोरियन भाषा परीक्षाको आवेदन भर्न लाइनमा बस्न नपर्ने, बिहान ८ बजेसम्ममा १५ हजारभन्दा धेरैले भरे आवेदन
काठमाण्डौ – यो वर्ष कोरियन भाषा परीक्षाको आवेदन फारम अनलाइनमार्फत भर्न सकिने भएकाले लाइनमा बस्नु नपर्ने भएको छ । ग्लोबल आईएमई बैंकको अनलाइन तथा आईएमई–पे र ई–सेवामार्फत रकम भुक्तानी गर्न सकिने भएकाले लाइनमा नबस्न ईपीएस शाखाले अनुरोध गरेको छ । शाखाका अनुसार लाइनमा बिहान ८ बजेसम्म अनलाइनमार्फत १५ हजारभन्दा धेरैले आवेदन भरिसकेका छन् ।
ईपीएस शाखाका प्रमुख कृष्णप्रसाद खनालले आवेदन भर्नको लागि रातिदेखि लाइनमा नबस्न र नहतारिन आग्रह गर्नुभयो । ‘घरमै बसीबसी अनलाइनमार्फत रकम भुक्तानी गर्न र आवेदन भर्न सकिन्छ, त्यसैले लाइनमा बस्न जरुरी छैन’ उहाँले उज्यालोसँग भन्नुभयो, ‘अघिल्ला वर्षहरुको तुलनामा व्यवस्थित गरेका छौं ।’ तर ग्लोबल आईएमई बैंकको कीर्तिपुरलगायत शाखामा भने रातीदेखि नै युवाहरु लाइनमा बसेका छन् ।
‘लाइनमा बसेर भर्दा पनि हुन्छ, तर रातिदेखि नै गएर उभिनु पर्दैन, आरामले भर्न सकिन्छ’ खनालले भन्नुभयो । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान चाहने कामदार छनोट गर्न कोरियन भाषा परीक्षाको आवेदन फारम आजदेखि खुलेको हो । ग्लोबल बैंकमा रहेको एकाउण्टमा पैसा जम्मा गरेपछि दिइने नम्बरका आधारमा www.eoers.epsnepal.gov.np मा लगइन गरेर अनलाइनबाटै फारम भर्न सकिन्छ ।
March 22, 2019 10:03 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन