लगानी सम्मेलन उत्साह र उपलब्धिपूर्ण रह्यो : प्रम
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक न्यायसहित नवनेपाल निर्माणमा सरकारले आफ्नो सबै ध्यान केन्द्रित गरेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालको २१ आँै वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमको शुभारम्भ गर्दै उहाँले आर्थिक समृद्धिमार्फत गरीबी, र पछौटेपनको अन्त्य तथा पूर्वाधार विकासमा जोड दिइएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो “देशको पूर्वाधार विकास गर्न शनिवार सम्पन्न लगानी सम्मेलन उत्साह र उपलब्धिपूर्ण रह्यो । लगानी सम्मेलन उत्साहजनक ढगले सम्पन्न ग¥याँैं, राष्ट्र एक ठाउँमा रह्यो । सम्पूर्ण प्रयास एक दिशा र एक आवाजका साथ बढेको सन्देश दिएका छाँैं ।” समृद्ध नेपाल आफैंँ बनाउन सक्षम रहे पनि समय लाग्ने भएकाले विदेशीसँग सहकार्य गर्ने प्रयत्न गरिएको प्रधानमन्त्रीले स्पष्ट गर्नुभयो ।
कर्मचारी समायोजन सहज नभए पनि त्यससम्बन्धी काम सकिएको तथा कानून बनाइएको बताउँदै उहाँले संविधान कार्यान्वयन गर्ने कानून र संरचना निर्माणमा सफलता प्राप्त भएको जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले आगामी दिनमा संविधानले सङ्घ, प्रदेश र स्थानीय तहलाई तोकेका क्षेत्र र अधिकारका बाँडफाट समन्वयात्मक रुपमा मिलेर अगाडि बढ्ने बताउनुभयो ।
प्रधानमन्त्रीले नेपालमा द्वन्द्व चर्काउने प्रयास पटक पटक भए पनि त्यस्ता प्रयास असफल बनाइएको उल्लेख गर्दै भन्नुभयो, “हाम्रो देशमा विभिन्न नाममा द्वन्द्व चलाउने, फाटो लगाउने र अनेक नाममा लडाउन खोज्ने पृथकताका सोचहरुलाई अन्त्य गरेका छाँैं । ”
प्रधानमन्त्री ओलीले अहिलेको अवस्था जसरी पनि विरोध र जसरी पनि समर्थन गर्नुपर्ने अवस्थामा नरहेको बताउँदै सबैलाई सकारात्मक सोच राख्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रस्तुत हुने युवाले हामी विकसित दुनियाँका सन्तानभन्दा पनि सभ्य र सुसंस्कृत समाजका हाँैं भन्ने भुल्नु हुँदैन । हामीले आफ्नो समाज, इतिहास र सभ्यता विकासको परम्परा र गौरवलाई भुल्नु हुँदैन ।”
सो अवसरमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समृद्धि र विकासका लागि आगामी दिनमा थप सहमति, सहकार्य र एकताको खाँचो औँल्याउनुभयो । पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो “ मलाई कुनै व्यक्तिगत लाभ र मोह छैन, अब मेरो चाहना देशको आर्थिक समृद्धि र विकास हो ।” उहाँल राष्ट्रिय एकता, स्थायित्व र विकासलाई कमजोर पार्ने र बदनाम गर्नेलाई बालीमा गोडमेल गरेझैँ गोडमेल नगर्न सञ्चार जगत्लाई आग्रह गर्नुभयो ।
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले लोकतन्त्र स्थापना गर्न सञ्चार जगत्ले अहं भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो । नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले आर्थिम समृद्धि भाषणले होइन, लगानीले आउने चर्चा गर्दै शनिवार लगानी सम्मेलनका समापनका अवसरमा हस्ताक्षर गरिएका योजना विगतमै आएको जिकिर गर्नुभयो । उहाँले विगतका राजनीतिक अप्ठ्यारो परिस्थितिमा पनि पूर्वाधार विकासका क्षेत्रमा नेपालले सफलता हासिल गरेको उल्लेख गर्दै पूर्वाधार विकासमा पक्ष विपक्षमा बाँडिनु हुँदैन भन्नुभयो ।
राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले सरकारले लोकतान्त्रिक मूल्यमान्यतानुसार प्रेस क्षेत्रलाई निर्बाध चल्न दिनुपर्छ भन्नुभयो । गैरआवासीय नेपाली महासङ्घका पूर्वअध्यक्ष उपेन्द्र महतोले राजनीतिक स्थिरतापछि आर्थिक समृद्धिमा लाग्नुपर्छ भन्नुभयो । नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले स्वतन्त्र प्रेसले प्रजातन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन