Thursday 14th May 2026

बारा हावाहुरीमा क्षतिग्रस्त विद्युत पूर्वाधार मर्मत गर्न अझै दुई हप्ता लाग्ने

7 years अगाडी

बारा – बाराको हावाहुरी प्रभावित क्षेत्रका बासिन्दाहरु अझै दुई हप्ता अँध्यारोमै बस्नु पर्ने भएको छ । ठूलो संख्यामा पोलहरु ढलेको, ट्रान्सफर्मरमा क्षति पुगेको र विद्युतका तारहरु चुँडिएकोले त्यसलाई मर्मत गरेर सुचारु गर्न कम्तीमा दुई हप्ता लाग्ने नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रका प्रमुख गजेन्द्र कुमार चौधरीले बताउनु भयो । 

‘भलुही भरवलिया र पुरैनियामा आवश्यक पर्ने पोलहरु ठाउँमा पुर्याइ सकेका छौँ’ वितरण केन्द्रका प्रमुख चौधरीले भन्नभयो, ‘तर मानिसहरुको भीडका कारण पोल ठड्याउन सकेका छैनौँ ।’ लगातार तीन दिनसम्म कर्मचारीहरु पोल गाडेर ठड्याउन पुगे पनि बाटोमा ओहोर–दोहोर गर्ने मानिसहरुको भीडका कारण पोल ठड्याउन नसकेर फर्किनु परेको वितरण केन्द्र प्रमुख चौधरीले बताउनु भयो ।

ठूलो संख्यामा पोल ढलेको, ट्रान्सफर्मर र प्रसारण लाइनमा व्यापक क्षति भएका कारण पोल ठड्याएर विद्युत सुचारु गर्न १२–१४ दिन लाग्ने विद्युतका कर्मचारीले बताएका छन् । 

गएको आइतबार साँझ आएको विनाशकारी हावाहुरीले घरसँगै विद्युतका पोलहरु ढालेपछि विजुली अवरुद्ध भएको थियो । विद्युत केन्द्र कलैयाका वितरण केन्द्र प्रमुख चौधरीका अनुसार हावाहुरीले विद्युततर्फ झण्डै १० देखि १२ करोडको क्षति पुगेको छ ।

          April 4, 2019 11:17 am | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...