जस्तोसुकै ठुलो वा पुरानो पत्थरीलाई निकाल्ने यो अचुक घरेलु औषधी
मृगौलाको पत्थरीको बिमारी एक आम समस्या बनेको छ । पत्थरीको दुखाई यति गम्भीर हुन्छ की यसले बिरामी रातभरी सुत्न नसक्नुका साथै पिंडाले छटपटिन्छ। महिलाहरुमा भन्दा तीन गुणा बढी पुरुषमा पत्थरी हुन्छ। पत्थरी हुँदा बिरामीको पेटको तल्लो भागमा दुख्छ । सामान्यतय पत्थरीको लक्षण सुरुवातदेखि नै थाहा पाइन्छ।
पत्थरीका लक्षणहरुमा बारम्बार पिसाब आउने, पिसाब फेर्ने समयमा पींडा हुने, पिसाब रोकी रोकी आउने, कहिले कहीं जोडको पिसाब आउने, र अन्डाकोष दुख्ने जस्ता समस्या भएमा पत्थरी भएको भनि तुरुन्तै थाहा पाउन सकिन्छ।
पत्थरी हुनुका प्रमुख कारणहरु: जब कुनै खानपानले पिसाब गाढा बन्छ तब गाढा पिसाबले पत्थरी बन्न सुरु हुन्छ। गाढा पिसाबले विस्तारै विस्तारै गरेर केहि दिनमै पत्थरीको रुप लिन्छ।आज हामी पत्थरीको घरेलु उपचार विधि बताउन गइरहेका छौँ । जुन एकदम प्रभावकारी र जस्तो सुकै पुरानो पत्थरीलाई पनि सजिलै निकाल्न मद्धत गर्दछ ।
१. चाहिने चीज: कागतीको रस र ओलिव ओइल – बनाउने तरिका: कागतीको रस (६० मिलिलिटर) र ६० मिलिलिटर ओलिव ओइल मिसाउने । मिक्स गरिसकेपछि यसलाई पिउने । यसको लगातार सेवनले केहि दिनमै पत्थरीलाई हटाउँछ। कागतीको रस र ओलिव ओइल हाम्रो स्वास्थ्यको लागि पनि निकै फाइदाजनक र लाभदायी सामग्री हुन्।
२. प्याज: प्याजमा पत्थरीलाई नाश गर्ने तत्व हुन्छ। बनाउने विधि: एउटा प्याजलाई सानो सानो टुक्रामा काटेर पिस्ने । प्याज पिसेर पेस्ट बनिसकेपछी एक सुतीको कपडा अथवा छान्ने प्रयोग गरेर पेस्टबाट रस निकाल्ने । यो रसलाई बिहान खाली पेटमा पिउने। यसरी प्याजको रस नियमित रुपमा पिउनले पत्थरीलाई सानो सानो टुक्रामा निकाली केहि दिनमै पूर्ण रुपमा हटाउँछ।
३. ज्वानो: नियमित रुपमा ज्वानोको चिया पिउनले पत्थरी निर्मुल पार्न सकिन्छ। बनाउने विधि: करिब एक गिलास पानीमा १० देखि १५ ग्राम ज्वानो राखेर १०-१५ मिनेट सम्म उमाल्ने । उमालि सकेपछी पानीलाई मन तातो चिसो हुन दिनुहोस् । पानी चिसो भए पछी यसमा एउटा कागतीको रस मिसाएर पिउनुहोस् । पत्थरी निकाल्नको लागि यो एक लाभदायी चिया हो।
April 4, 2019 1:05 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन