गैरआवासीय नेपाली संघ कुवेतद्धारा बारा र पर्साका हावाहुरी पीडितहरुलाई आर्थिक सहयोग
कुवेत – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले बारा र पर्साका हावाहुरी पीडितहरुलाई रु. ५१,०००।– (अक्षेरुपी एकाउन्न हजार रूपैया) आर्थिक सहयोग गरेको छ ।
परिषदको गत बिहीबार बसेको आपतकालीन वैठकले मध्य तराईको बारा र पर्सा जिल्लाहरुमा आएको बिनाशकारी हावाहुरीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उक्त सहयोग गर्ने निर्णय गरेको थियो ।
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले न्युनतम ५० हजार रुपैया सहयोग पठाउन गरिएको सर्कुलर अनुसार पहिलो चरणको सहयोग एनसिसी कुवेतले पठाएको जानकारी अध्यक्ष सुमित्रादेवि पौडेलले जानकारी गराउनु भएको छ । सहयोग संकलन हुने क्रममा मध्यपूर्वबाट कुवेत, बहराईन, ओमानबाट एनआरएनएको खातामा संकलित सहयोग जम्मा भईसकेको आइसिसी सदस्य अमित चाम्लिङ राईले बताउनु भयो भने संकलित रकमबाट प्रभावित क्षेत्रमा राहत बितरण गरिनेछ ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन