यस्तो चमत्कारी गुफा : जहाँ भित्र छिरेपछि जस्तोसुकै रोग पनि निको हुन्छ , जान्नुहोस् रोचक तथ्य (भिडियोसहित)
एजेन्सी – एक्काइसौं शताब्दीको अहिलेको युगमा गुफा छिरेर रोग निको हुन्छन् भनेर भन्यो भनी मूर्ख ठान्लान् सबैले । अस्पतालमा गएर डाक्टरसँग उपचार गराउनु नै उपचारको एकमात्र विकल्प हो भन्ने ठानिन्छ अहिले ।तर कहिलेकाहीँ अस्पताल गएर जति उपचार गराउँदा पनि रोग निको नभएपछि मानिसले चित्त बुझाउनका लागि अनेक उपाय गर्दछ । सायद यो गुफाभित्र छिर्नु पनि एउटा यस्तै उपाय हो ।
अष्ट्रियामा एउटा यस्तो गुफा फेला परेको छ जुन गुफा भित्र छिरिसकेपछि गम्भीर रोगव्याधी पनि आफैं निको हुन्छ भन्ने मान्यता छ ।वास्तवमा यसको एक वैज्ञानिक कारण पनि छ । यो गुफाभित्र एउटा विशेष ग्यास पाइन्छ । उक्त ग्यासले मानिसको शरीरमा रहेका विभिन्न रोग निको बनाउने विश्वास गरिन्छ ।
अष्ट्रियाको गस्टिनमा छ यो गुफा । सुनखानीको खोजी गर्ने क्रममा उक्त गुफा फेला परेको थियो । अहिले उक्त गुफामा प्राकृतिक उपचारका लागि मानिसहरु युरोपका विभिन्न देशबाट आउने गरेका छन् ।यो गुफामा पाइने ग्यास रेडन ग्यास हो । जसबाट विभिन्न रोगको उपचार सम्भव छ । यो एक विकिरणजन्य ग्यास हो । यसले गुफाको उष्ण वातावरणमा कैयन् रोगहरुमाथि गहिरो प्रभाव देखाउँदछ ।
बाथ तथा पसोरिएसिस जस्ता रोगको उपचारका लागि यो गुफागमन निकै लाभदायी रहेको अनुभव मानिसहरुको छ ।मानिसहरु यो गुफाभित्र छिरेर जिउ अर्धनग्न बनाएर मज्जाले बस्ने तथा सुत्ने गरिरहेका हुन्छन् ता की शरीरमा उक्त ग्यासले मज्जाले प्रभाव जमाउन सकोस् र जीउभित्रका रोग मेटाओस् ।
April 22, 2019 6:33 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन