सुगर, वजन नियन्त्रण गर्ने, सबै रोगसँग लड्ने शक्ति बढाउने, खानुहोस् यो खाद्यबस्तु !
ठण्डी मौसम शुरु भएको छ । यो समय ख्याल गरेन भने शरिरमा नकारात्मक असर पर्दछ । गलत असरबाट बच्ने हो भने आज हामी तपाईका लागि अति उपयुक्त कुराको जानकारी दिँदैछौ । बदाम हाम्रो देशमापनि सजिलै पाईने खाद्य बस्तु हो । यो खनिजको स्रोत हो । यसमा प्रोटिन प्रशस्त मात्रामा पाइन्छ । जाडोयाममा धेरैले बदाम खान रुचाउँछन् । दैनिक रूपमा बदाम सेवन गर्नु स्वास्थ्यका लागि एकदमै लाभदायी हुन्छ ।
बदाममा उच्च मात्रामा चिल्लो पदार्थ हुने भए पनि यो प्रोटिन तथा फाइबरको राम्रो स्रोत हो, जसमा शरीरका लागि आवश्यक खनिज तत्व भरिपूर्ण हुन्छ । त्यसैगरी ओखर, पिकानलगायतका अन्य बदामले क्यान्सर रोगविरुद्ध लड्ने एन्टिअक्सिडेन्टको काम गर्छ ।
रोग प्रतिरोधात्मक शक्ति बढाउँछ : नियमित बदाम खाँदा मुटुसम्बन्धी समस्याबाट बच्न सकिन्छ । बदाम खाने व्यक्तिमा डिप्रेसनको समस्या एकदम न्यून हुन्छ । यस्तै, बदाममा पाइने फाइलोस्टेरोल नामक तत्वले ट्युमरलाई नियन्त्रण गर्नुका साथै क्यान्सर हुनबाट जोगाउँछ । हप्तामा दुईपटक बदाम खाने महिलामा ५८ प्रतिशत र पुरुषमा २७ प्रतिशत कोलोन क्यान्सरको खतरा कम हुन्छ ।
भिटामिन सी : बदामको दैनिक सेवनले रुघाखोकीको जोखिम कम रहन्छ । यसका साथै भिटामिन सीका कारण घाँटीमा हुने खसखस र सुक्खा हुनबाट बचाउँछ ।
तौल नियन्त्रण : बदाम खाँदा पेट डुम्म हुने भएकाले अन्य क्यालोरीयुक्त खानेकुरा खान मन लाग्दैन । खानामा कमी आउनासाथ मोटोपना नियन्त्रण गर्न सकिन्छ ।
डायबिटिजबाट जोगाउँछ : म्याग्नेसियमका कारण बदाम शरीरमा उचित मात्रामा ब्लडसुगर तह कायम राख्न फाइदाजनक मानिन्छ, जसले डायबिटिजको समस्याबाट जोगाउँछ ।
छालामा चमक ल्याउँछ : बदाममा हुने मोनोस्याचुरेटेड फ्याट र रिजैभेट्रोल तत्वले छालालाई चम्किलो बनाउँछ । यस्तै, पोषणयुक्त फाइबरले छालामा हुने अत्यधिक तेललाई फ्रलस गरी नरम र चम्किलो बनाउँछ ।
प्रजनन क्षमता बढाउँछ : बदाममा प्रशस्त मात्रामा फोलिक एसिड रहेको हुन्छ । यसले महिलामा प्रजनन क्षमता बढाउँछ । यसका साथै गर्भमा रहेको शिशुको विकासमा पनि ठूलो भूमिका खेल्छ ।
April 25, 2019 10:21 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला