यी दुई बाल बैज्ञानिक जस्ले आविष्कार गरे अमेरिकाबाट नेपालमा बत्ति बाल्ने/निभाउने मिल्ने अनौठो प्रविधि (भिडियोसहित)
भक्तपुर। दाङ जिल्ला घोराही नगपालिकाका दुई बाल बैज्ञानिक अहिले काठमाडौँ आएका छन्। पद्मोउदय विद्यालयमा कक्षा १० मा अध्ययनरत उनीहरु सानै देखिका साथी हुन्। सन्दिप बुढाथोकी र परिक्षित धिताल उनीहरुको नाम हो।सानै देखि विज्ञानमा रुचि राख्ने उनीहरु घरको पुरानो टर्च लाइट बिगारेर बनाउने, रिमोट बनाउने गर्दथे। पाठयपुस्तक भन्दा पर रहेर सन्दीपले कलिङ स्विच बनाउने सोचे। हो मा हो मीलाएर यस कार्यमा परिक्षितले पनि उनलाई साथ दिए।
आफ्नो घरमा पनि तान्ने मोटर चलिरहेको छ र सोहि समयमा कामविशेषले बाहिर जानु पर्यो भने निर्धक्क भएर जाँदा हुन्छ। जुन सुकै ठाउँमा रहेर पनि एक कल अथवा एक मेसेज गरेर उक्त मोटर बन्द गर्न सकिन्छ। यसकारण उनीहरुले बनाएको उक्त प्रविधिलाई उनीहरुले कलिङ स्वित्च नाम दिएका हुन्।कलिङ स्विच बाहेक उनीहरुले सानो मिनी ड्रोन र अटोमेटिक अन अफ सिस्टम आविष्कार गरेका छन्। अटोमेटिक अन अफ सिस्टमले तार बाहिरबाट नै करेन्ट पास भएको छ कि छैन भन्ने कुरा सजिलै थाहा पाउन सकिन्छ।
अरु थप प्रविधिको आविष्कार गर्ने उनीहरु दुईको सोच छ। आवश्यक सामान उनीहरुको बासस्थानमा नपाइने भएकोले उनीहरु अहिले सामान लिन पनि काठमाडौँ आएका हुन्। पिएनपीखबर टिम आगामी दिनहरुमा उनीहरुको उज्वल भविष्यको कामना गर्दछ।भिडियोमा हेर्नुहोस उक्त प्रविधिले यसरि काम गर्छ
April 26, 2019 12:38 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन