महिलाहरुले जस्तै पुरुषहरूका लागि पनि परिवार नियोजनको चक्की आयो
एजेन्सी । महिलाहरुले जस्तै पुरुषहरूले पनि परिवार नियोजनको लागि चक्की प्रयोग गर्न पाउने भएका छन । पुरुषहरूका लागि परिवार नियोजनको लागि कन्डम, भ्यासेक्टोमी मात्र नभइ चक्की पनि उप्लब्ध हुने भएको हो ।
उक्त चक्कीमा शुक्रकीट उत्पादन रोक्ने हर्मोन हुनेछ । चक्की बजारमा आउन भने अझै एक दशक लाग्न सक्ने एन्डोक्राइन सोसाइटीको वार्षिक सम्मेलनमा बताइएको छ । अनुसन्धानकर्ताहरूले शुक्रकीटको उत्पादन अस्थायी रूपमा रोक्ने चक्की उत्पादनको लागि एलए बायोमेड र वाशिङ्टन विश्वविद्यालयमा अनुसन्धान गरिरहेका छन् ।
एन्डोक्राइन सोसाइटीको सम्मेलनमा चक्की बारे उनीहरूले चालीस पुरुषमा भएको प्रारम्भिक सुरक्षापरीक्षण उत्साहवर्धक रहेको जनाएका छन् । पाँच पुरुषहरुले चक्कीको प्रयोग गरेका परीक्षणबाट तीन पुरुषहरुले यौन इच्छामा कमी आएको बताए भने दुई जनाले उत्तेजनामा कमी आएको तर यौन क्रियाकलापमा भने असर नपरेको बताइएको बीबीसीमा उल्लेख गरेको छ । उक्त चक्कीले जन्म रोक्छ की रोक्दैन भन्ने थाहा पाउनको लागि भने लामो परीक्षण आवश्यक्ता रहने बीबीसीमा खबर छ ।
April 28, 2019 11:53 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला