पाल्पामा बेहुली लिएर फर्किदै गरेको जिप दुर्घटना ५ जनाको मृत्यु (नामावली सहित)
पाल्पा । पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ सोमबार निस्दी गाउँपालिका वडा नं ७ भिरपानीबाट हुवास जाँदै गरेको लु १ ज १९४१ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
मृत्यु हुनेमा निस्दी गाउँपालिका ७ चारघरेका ४६ वर्षीय खड्क बहादुर सोमै, सोही ठाउँका ५६ वर्षीय देबिलाल खन्गाहा, ४६ वर्षीय लाल बहादुर सारु, ५८ वर्षीय सन्त बहादुर सारु र बतन नखुलेको चालक बुद्धिबल सोती रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
जीप अनियन्त्रित भइ सडकबाट ३ सय ५० मिटर तल खसेको छ। जीपमा सबार ६ जना मध्ये ५ जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ। जीपमा सबार १ जना भने सकुशल रहेको प्रहरी चौकी रुप्सेभञ्ज्याङ पाल्पा, इलाका प्रहरी कार्यालय रामपुर र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट उद्धारका लागि खटेको टोलीले जानकारी दिएको छ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन