रायोको साग यसरी खान जान्यो भने दर्जन बढी स्वास्थ्य समस्या चैट
काठमाडौं । सागपात हरेक मौसममा खान मिल्ने बेमौसममा समेत उपलब्ध हुने, चाँडो पाक्ने र स्वादिलो पनि हुने गर्छ । यसमा रायोको सागको तरकारी धेरैको रोजाइमा पर्ने गर्छ ।संसारभर पाइने अनकौँ तरकारीमध्ये दोस्रो बढी पोषणयुक्त तरकारीमा रायो पर्छ । तसर्थ, रायो स्वास्थ्यका दृष्टिले झनै लाभदायक छ ।रायोलाई पकाएर, काँचै वा सिजनिङ जे गरेर पनि खान सकिन्छ । धेरै पकाउँदा भने यसमा रहेका पोषण तत्व नष्ट हुन सक्छ । रायोको सागमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ ।
रतन्धो, पुरानो बाथ र कफ आदिबाट बच्न रायो उपयोगी हुन्छ । रायोमा पाइन्ने भिटामिन ए, सी र केयुक्त तत्वले हाम्रो शरीरमा एन्टिअक्सिडेन्टको काम गर्छन् ।रायोको सागमा पाइने फोलिक र म्याग्नेसियमले शरीरमा रहने विभिन्न विकारयुक्त वस्तुलाई बाहिर निकाल्छ । रायोको दाना पिसेर तरकारीमा हालेर खाँदा पाचन पक्रिया बलियो बन्छ । यसले भोक नलाग्ने समस्यासमेत हटाउँछ । शरीरमा भिटामिन केको कमी भएमा गर्भवतीलाई वाकवाकी बढी नै लाग्ने तथा टाउको दुख्नेजस्ता समस्या हुन्छ ।
रायोको सागमा भिटामिन के प्रचुर मात्रामा पाइने भएकाले गर्भवतीलाई खुवाउँदा समस्या समाधान हुन्छ । बाथका रोगीलाई हड्डी दुख्ने समस्या हुन्छ ।रायोमा पाइने कपरले यो समस्या हल गर्छ । रायो भिटामिन सीको पनि राम्रो स्रोत हो । तसर्थ, रुघाखोकी लागिरहने मानिसले रायोको साग खानुपर्छ । रायोले पिसाबनलीमा हुने पत्थरीलाई कम गर्छ । रायोको साग नियमित खाँदा क्यान्सरको जोखिमलाई कम गर्छ । यसमा पाइने भिटामिन केले नाक, पेट, मुख र कलेजा आदिकोको क्यान्सर लाग्ने जोखिम कम गर्छ । एजेन्सी
May 4, 2019 3:13 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला