लिभरपुलकाे जितपछि इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड रोमाञ्चक
काठमाण्डाै – इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड रोमाञ्चक बनेको छ । ३७ औँ चरणको खेल जारी रहँदा शीर्ष स्थानमा रहेको लिभरपुल र दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको दूरी जम्मा २ अंक रहेको छ ।लिभरपुलले जारी लिगमा एउटा मात्रै खेल खेल्न बाँकी छ भने सिटीले २ खेल खेल्न बाँकी रहेकाले उपाधि होड रोमाञ्चक बनेको हो । गएरातिको खेलमा न्यू क्यासल युनाइटेडमाथि ३–२ गोल अन्तरको जीत निकाल्दै लिभरपुल पुनः शीर्ष स्थानमा फर्किएको हो ।
लिभरपुलको शीर्षस्थान पुनरागमन पछि अब अन्तिम खेलको नतिजा पछि मात्रै लिगको उपाधि छिनोफानो हुने सम्भावना बढेको छ । लिभरपुलले अब उल्भरह्याम्पटनसँग मात्रै खेल्न बाँकी छ ।यसैगरी सिटीले सोमबार लेस्टर सिटी र आउँदो शनिबार ब्राइटनसँग खेल्ने छ । लगातार दुई खेल सिटीले जितेमा १ अंकको अग्रताका साथ सिटीले लिग जित्ने छ भने सिटी पराजित वा बराबरीमा रोकिँदा लिभरपुलले उपाधि हात पार्ने छ ।
गएराति न्यूक्यासलको घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन भर्जिन भान डिजिक, मोहमद शलाह र डिभोक ओरिजीले गोल गरेका थिए । न्यूक्यासलका लागि क्रिष्टियन अत्सु र सलोमन रोन्डोनले गोल फर्काएका थिए ।लिभरपुलका लागि १३ औं मिनेटमा भर्जिन भान डिजिकले गोल गर्दै अग्रता दिलाएका थिए । तर २० औं मिनेटमा न्यूक्यासलका लागि क्रिष्टियन अत्सुले गोल गर्दै खेल बराबरीमा ल्याए ।
२८ औं मिनेटमा मोहमद शलाहले गोल गर्दै पुनः लिभरपुललाई २–१ को अग्रता दिलाए । पहिलो हाफमा २–१ को अग्रता बनाएको लिभरपुलले ५४ औं मिनेटमा गोल खान पुग्यो ।
न्यूक्यासलका लागि सलोमन रोन्डोजले गोल गर्दै खेल बराबरी गरेपछि उपाधि होडमा रहेको लिभरपुल दवाबमा आएको थियो । ७३ औं मिनेटमा सलाहलाई रिप्लेस गर्दै मैदान छिरेका डिभोक ओरिजीले लिभरपुलेको उद्दार गरे ।
उनले ८४ औं मिनेटमा गोल गरेपछि लिभरपुल ३–२ गोल अन्तरले विजयी हुँदै तालिकाको शीर्ष स्थानमा उक्लन सफल भएको हो । प्रिमियर लिग अन्तर्गत गएराति नै भएका अरु खेलमा क्रिष्टल प्यालेसले कार्डिफ सिटीमाथि ३–२ गोल अन्तरको जीत निकाल्दा वेस्टह्यामले साउथ ह्याम्पटनमाथि ३–० को जीत दर्ता गरेको थियो । यसैगरी वर्नमाउथले टोटनह्याम र उल्भरह्याम्पटनले फुलह्याम माथि समान १–० को जीत दर्ता गरे ।
May 5, 2019 11:52 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन