राष्ट्रपतिलाई महारानीको जसरी सम्बोधन गर्न लगाएर सरकारले विवादमा तान्ने काम गर्याे : देउवा
काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको कार्यशैलीबाट नागरिक ठगिएको अनुभुति भएको बताउनुभएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, महालेखा परिक्षकको प्रतिवेदन लगायतले भ्रष्टाचार र आर्थिक विचलन बढेको देखाएको भन्दै उहाँले यसले सरकारले सुशासन कायम गर्न नसकेको दावी गर्नुभयो ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आइतबारदेखि सुरु छलफलमा सभापति देउवाले नीति तथा कार्यक्रममा कुनै ठोस योजना र कार्यक्रम नल्याइएको बताउनुभयो । केन्द्रीय सरकार संघीय व्यवस्थाको मर्म र भावना अनुकुल हिँड्न नसकेको भन्दै यो समयमा विकास निर्माणले कुनै गति लिन नसकेको बताउनुभयो ।
तामझामका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरिए पनि त्यसबाट अहिलेसम्म एक जनाले पनि रोजगार पाउन नसकेको उहाँको दावी छ । भेरी बबई डाइभर्सन नेपाली कांग्रेसले सुरु गरेको भए पनि अहिले सरकारले आफैले गरेको जस्तो गरेर धाक देखाएको पनि उहाँले बताउनुभयो । सभापति देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महारानीको जसरी सम्बोधन गर्न लगाएर सरकारले विवादमा तान्ने काम गरेको पनि बताउनुभयो ।
May 5, 2019 11:57 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन