प्यूठानमा पहीलो पटक भुकम्प मापन यन्त्र जडान
मनोज थापा –
प्यूठान – प्यूठानमा पहीलो पटक भुकम्प मापन यन्त्र जडान गरीयको छ । प्यूठान जिल्लाको एरावती ५ सराङवेसी स्थित श्री महेन्द्र माध्यामिक बिद्यालयमा प्यूठानमा पहीलो चोटी भुकम्प मापन यन्त्र “सिस्मोमिटर” जडान गरीयको हो ।

स्विट्जरल्याण्डमा रहेको युनिभर्सिटी अफ लोजानको सहयोगमा नेपालका विभिन्न २३ विद्यालयमा सो यन्त्र जडान गरिने अभियानअन्तर्गत उक्त यन्त्र जडान गरिएको हो । अहिले सम्म १६ वटा विद्यालयमा जडान गरीसकीएको छ । सो यन्त्र जडान भएपछि नेपालदेखि विदेशसम्मका एक म्याग्निच्युडभन्दा माथिका सबै भूकम्प मापन गरी त्यसको विवरण सुरक्षित राखिनेछ । भुकम्प गएको वा नगएको थाहा पाईने छ ।

स्विट्जरल्याण्डको लुजान विश्वविद्यालयमा नेपालमा भूकम्पको जोखिम विषयमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक शिव सुवेदीले भूकम्प कसरी जान्छ र भूकम्पको जोखिम बाट बच्ने उपाए बारे बताएका थिए ।

उक्त बिद्यालयका शिक्षक कृष्ण बिक्रम शाह र खेद बहादुर रोकाले इन्टरनेस्नल वर्क सप पोखरा बाट यसै बिषयमा तालिम लिएका थिए । यन्त्र जडानका अवसरमा शिक्षक कृष्ण बिक्रम शाहले विद्यार्थीलाई सो यन्त्रका साथै भूकम्पीय जोखिमबारे शिक्षा दिइने बताए । कार्यक्रममा बिद्यालयका शिक्षक , बिद्यार्थी , गाउँका भद्रभलादमी हरुको उपस्थित रहेको थियो ।
May 6, 2019 7:50 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटङ कुवेत सम्पर्क मञ्चको ७औं अधिवेशन तथा १६औं वार्षिकोत्सव सेप्टेम्बर २५ मा हुदै ।
राज्यले घटनाको जिम्मेवारी नलिएसम्म गणेशको शव नबुझ्ने परिवारको अडान
राहदानी विभागको प्रवेशद्वार अगाडि युवकले आत्मदाह प्रयास गरे
वैदेशिक रोजगारीको सामाजिक लागत
इरानका पूर्व सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा लाखौँ मानिस सहभागी
सरकारको आश्वासनपछि चिया उद्योग खुले
रोल्पाका १० स्थानीय तहमा ५ अर्ब १५ करोडको बजेट, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारमा जोड
लुम्बिनी समाज नेपाल कुवेतद्वरा यहि आउदो शुक्रबार १२ तारीख १३ औं बार्षिक उत्सव तथा खुला भलिबल प्रतियोगिता गर्दै।