सबै आमा बाबुले जान्नुपर्ने कुरा, बच्चालाई क्यान्सर किन हुन्छ ? यसको रोकथामका उपायहरुसहित
क्यान्सर रोग ठूला मानिसलाई मात्रै होइन बच्चालाई पनि हुने सम्भावना उत्तिकै हुन्छ । आजकाल बच्चामा पनि क्यान्सरको समस्या धेरै देखिन थालेको छ । बच्चालाई हुने क्यान्सरको मामिलामा तपाईले धेरै सावधानी अपनाउनुपर्छ । किनभने बच्चामा क्यान्सर भएको थाहा पाउन र त्यसको उपचार गर्न धेरै गाह्रो हुन्छ ।
बच्चालाई धेरै हुने क्यान्सरका प्रकार बच्चाहरुलाई हुने क्यान्सरमध्ये सबैभन्दा धेरैलाई ब्लड क्यान्सर हुने गरेको पाइएको छ । रक्षात्मक प्रणाली सँग सम्बन्धित ल्युकेमिया र लिम्फोमाको क्यान्सर पनि बच्चालाई धेरै हुने क्यान्सरमा पर्छन् । शरीरको अंगमा हुने क्यान्सरको कुरा गर्दा बोन क्यान्सर, किड्नी क्यान्सर र ब्रेन ट्युमरको समस्या धेरै भएको पाइन्छ । तर, सबैभन्दा धेरैलाई हुने ब्लड क्यान्सर नै हो ।
बच्चालाई क्यान्सर किन हुन्छ ? आजकाल विश्वमा बच्चालाई हुने क्यान्सरको दर लगातार बढीरहेको छ । बच्चाहरुलाई क्यान्सर हुने प्रमुख कारण अस्वस्थ खानपान र अनियमित दिनचर्यालाई मानिन्छ । त्यसबाहेक वंशाणुगत कारणले पनि बच्चालाई क्यान्सर हुने गरेको पाइन्छ । बच्चाको आमाबाबुलाई नभई परिवारको अन्य कोही सदस्यलाई क्यान्सर छ भने पनि बच्चालाई हुने सम्भावना रहन्छ ।
बच्चालाई क्यान्सर भएमा देखिने लक्षण यस्ता छन् : शरीरको कुनै पनि भागमा गाँठाहरु आउने । बारम्बार कडा ज्वरो आउने । बिना कुनै स्पष्ट कारण बच्चा दुई साता भन्दा धेरै बिरामी हुने । शरीरको विभिन्न भागबाट रगत बग्ने । शरीरमा कालो दागधब्बाहरु देखिने । बच्चालाई बारम्बार इन्फेक्सन हुने ।
May 7, 2019 5:32 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला